शुभारम्भ अनलाइन टि.भी.

टीकापुरमा कम्युनिष्ट पार्टीकाे अन्तरक्रिया कार्यक्रम

7
SHARES
47
VIEWS

टीकापुर–१६ माघ ।  वर्तमान राजनीतिक संकट र यसको समाधानका लागि टीकापुरमा नेपाल कम्युनिष्ट पार्टीले अन्तरक्रिया कार्यक्रम गरेको छ।

पार्टीका नगर इन्चार्ज जगत सीको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि पार्टीका पोलिट ब्युरो सदस्य आधार सि रहनुभएको थियो।

उक्त कार्यक्रमका प्रमुख अतिथि सीले नेपालमा असम्भव भन्ने कुनै कुरा नरहेको बताउँदै नेपालमा पाइने अनेक बहुमूल्य तथा खनिज पदार्थको अध्ययन नभएको बताउनुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तिलक परियार पूर्व जनमुक्ति सेना तथा समाजसेवी शिव थापा लगायतले आफ्नो भनाइ राख्नुभएको थियो।

नेपाल कम्युनिष्ट पार्टी टीकापुर नगर कमिटीले आयोजना गरेको कार्यक्रममा पूर्व कैलालीका डिसीएम दिलहबहादुर सीले स्वागत गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन निरक सीले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित