टीकापुर १४ माघ । कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ५ को पार्क नजिक स्थापना हुने भनिएको नेपाली सेनाको क्याम्प राख्ने विषयमा प्रदेश सांसद लक्ष्मण किशोर चौधरीकोनै विमति देखिएको छ । प्रदेश सांसद चौधरीले स्थानीयहरूको सुझाव लिने क्रममा स्थानीय सरकारका प्रमुख रामलाल डगोरा थारु र समाजसेवी तथा स्थानीयहरूको बीचमा यस्तो कुरा बताउनुभएको हो ।
नेपाल आर्मीकाे ब्यारेक राख्नेजस्ताे महत्वपुण विषयमा स्थानीयहरूको सहमति नलिएको भन्दै स्थानीयहरूले विरोध गरेका थिए। टिकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डंगोरा थारुले स्थानीय स्तरका नागरिकहरूको मागलाई मध्यनजर गर्दै नेपाली सेनाको ब्यारेक व्यवस्थापन गर्ने बताउनुभएकाे छ ।
उक्त सुझाव सङ्कलन गर्ने स्थानमा गएर नेपाली कांग्रेसका महासमिति सदस्य नवराज रावलले स्थानीयहरूसँग कुरा गर्दै नेपाली सेनाको ब्यारेक लगायतका यस्तै अरु थुप्रै राज्यका उपल्लो निकायका कार्यालयहरू स्थापना गर्नमा यस क्षेत्रका जनता जनप्रतिनिधि तथा समाजसेवीले विकास विरोधी नभई विकास प्रेमीकाे भूमिका खेल्नुपर्ने बताउनुभएको छ ।
साेहि नगरपालिकाको वडा नम्बर ५ स्थित पार्क नजिकै राख्ने नेपाली सेनाको ब्यारेककाे विषयमा वडा नम्बर ५ का वडा अध्यक्ष बलिराम चाैधरी सुरुमा सहमत भएपनि पछिल्लो समय भने विचार फेरेको देखिन्छ ।



















Discussion about this post