टीकापुर–१० माघ । नगरस्तरीय अन्तरविद्यालय खेलकुद तथा राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताको दोस्रो दिन बुधबार टीकापुरकाे छुट्टाछुट्टै दुई स्थानमा खेल भइरहेको छ।
कर्णाली माध्यमिक विद्यालय टीकापुरको आयोजनामा टीकापुर नगरपालिका वडा नम्बर १ देखि ५ सम्मका ४२ वटा विद्यालयहरूको प्रतिस्पर्धा वीरेन्द्र विद्या मन्दिर माध्यमिक विद्यालय टीकापुरको खेलमैदानमा भइरहेको छ ।
त्यस्तै कर्णाली मावि सत्ति को आयोजनामा भइरहेको खेल वडा नम्बर ६ देखि ९ सम्मका १७ वटा विद्यालयको प्रतिस्पर्धा सत्ति खेलमैदानमा भइरहेको टीकापुर नगरपालिकाका वि.नि नरेश अवस्थीले जानकारी दिनुभयो ।
वि.नि अवस्थीका अनुसार राष्ट्रपति रनिङमा समावेश हुने सम्पूर्ण खेलहरू बाट टीम छनोट भएपछि दुवै स्थानका प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमहरुकाे फाइनल प्रतिस्पर्धा गराइने बताउनुभयो ।



















Discussion about this post