शुभारम्भ अनलाइन टि.भी.

नगरस्तरीय अन्तर विद्यालय खेलकुद तथा राष्ट्रपति रनिङशील्ड प्रतियोगिता उद्घाटन

350
SHARES
2.6k
VIEWS

टीकापुर–०९ माघ । कर्णाली माध्यामिक विद्यालय टीकापुरको आयोजनामा नगरस्तरीय अन्तर विद्यालय खेलकुद तथा राष्ट्रपति रनिङशील्ड प्रतियोगिता टीकापुरमा मङ्गलबार उद्घाटन भएको छ।

कर्णाली माध्यामिक विद्यालय टीकापुरका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा टीकापुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मोहन बि.कको अध्यक्षतामा  सुरु भएकाे कार्यक्रममा  टीकापुर नगरपालिकाका  उपप्रमुख खडक बहादुर शाह प्रमुख अतिथि रहनु भएकाे थियाे ।

वीरेन्द्र विद्या मन्दिर माध्यामिक विद्यालयको खेलमैदानमा मंगलबारबाट  सुरु भएको उक्त खेलकुद उद्घाटन कार्यक्रममा बोल्दै  उपप्रमुख खडक बहादुर शाहले समाजले चाहेर सोचेजस्तो कार्य नगरिसकेको भन्दै टीकापुरमा अबका दिनहरूमा खेलकुदमा निरन्तर रुपमा अगाडि बढ्ने बताउनुभएको छ।

कार्यक्रममा बोल्दै उपप्रमुख  शाहले अबका दिनहरुमा पटके कार्यक्रमलाई मात्र स्थान नदिई अब दैनिक जीवनसँग सम्बन्धित रहेर खेलकुदका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै साे उद्घाटन कार्यक्रममा टीकापुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बलविर थारु, संस्थागत विद्यालयको तर्फबाट त्रिपथ विद्या निकेतनका प्रिन्सिपल मान बहादुर थापा, शैक्षिक गुठी अन्तर्गत वीरेन्द्र विद्या मन्दिर माध्यामिक विद्यालयका प्रधानाध्यापक फणेन्द्रराज रेग्मी, सामुदायिक विद्यालयको तर्फबाट सत्यदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक काशीराम ढुङ्गाना, शिक्षा समिति सदस्य रघुनाथ उपाध्याय लगायतले आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कर्णाली माध्यमिक विद्यालयका प्रधानाध्यापक धर्मराज शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने उक्त कार्यक्रमको सञ्चालन  सोही विद्यालयका शिक्षक हरिस अवस्तीले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित