शुभारम्भ अनलाइन टि.भी.

फोहोर उठ्न छोड्यो कर्मचारी अभाव भएको नगरपालिकाको तर्क

560
SHARES
1.8k
VIEWS

टीकापुर–०८ माघ ।  टीकापुर नगरपालिकाकाे बजार भित्रको फोहोर उठाउन टीकापुर नगरपालिकाको फोहोर उठाउने गाडी दैनिक जसो ४/ ५ जना फोहोर व्यवस्थापनका कर्मचारीहरूको साथ फोहोर उठाउन आउने गर्थ्यो । तर उनीहरूको उमेर हदका कारण अवकाश पाइसकेपछि जनशक्तिको अभाव भएकाले फोहोर उठाउने काम प्रभावित भएको टिकापुर नगरपालिकाले बताएको छ।

जनशक्ति अभाव भएका कारण फोहोर उठाउन पौष २१ गते फोहोर व्यवस्थापनका लागि  ११ जना कर्मचारी नगरपालिकाले  राखेकाे थियाे ।

नगरपालिकाका वातावरण सरसफाई तथा फोहोर व्यवस्थापन शाखाका प्रमुख लोकबहादुर बुढाका अनुसार पौष २१ गते फोहोर व्यवस्थापनका लागि  ११ जना र पाैस २५ गते थप ७ जना राखिएका  कर्मचारीका बिसयमा कानुनिक बिवाद भएका कारण नयाँ कर्मचारी  काममा आउन छाडेपछि उक्त फोहोर उठाउने काम प्रभावित भएको बताउनुहुन्छ ।

कर्मचारीहरूको भर्ना बारे टीकापुर नगरपालिकाले प्रक्रिया मिचेर  गरेको भन्दै उक्त निर्णय बदर गर्न ११ सदस्यहरूको हस्ताक्षरसहितको प्रेस विज्ञप्ति सार्वजनिक भएको थियाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित