टीकापुर–२७ पुस । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत चयन भएका छन्।
कैलालीको टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई सर्वसम्मत पार्टी अध्यक्ष निर्वाचित गरेको हो। अध्यक्षमा चौधरी एक्लैको उम्मेदवारी परेको थियो।
महाधिवेशनले चाैधरीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको नागरिक उन्मुक्ति पार्टीका नेता गणेश चौधरीले बताए। २०७२ मा टीकापुर घटनामा दोषी ठहर भएपछि जेल गएकाले गतवर्ष आमनिर्वाचनअघि जेलबाटै आफू संरक्षक रहेर पार्टी स्थापना गरेका थिए।
अहिले जेलबाट छुटेपछि महाधिवेशनबाट जनमत लिएरै उनी अध्यक्ष चुनिएका छन्। यसअघि उनले आफ्नै श्रीमती रन्जिता श्रेष्ठ चौधरीलाई अध्यक्ष बनाएर पार्टी स्थापना गरेका थिए।
श्रीमती चौधरी अहिले संघीय सरकारको मन्त्री समेत छिन्। पूर्वसांसद रेशम गत जेठमा रिहा भएपछि पार्टी संगठनमा सक्रिय भएका थिए।



















Discussion about this post