टीकापुर– १२ पुस / टीकापुर स्थित परियार समाज सशक्तीकरण मञ्चकाे प्रथम साधारणसभा सम्पन्न भएको छ ।
विहिवार एक कार्यक्रमका विच परियार समाज सशक्तीकरण मञ्चकाे प्रथम साधारणसभा टीकापुरमा सम्पन्न भएको हाे ।
मञ्चका अध्यक्ष ध्रुव परियारकाे अध्यक्षतामा भएको साधारणसभामा टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारु प्रमुख अथिति रहनु भएको थियोे भने टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष माेहन विक लुहार र कार्यपालिका सदस्य राम बहादुर नागार्जि विशिष्ट अथिति रहनु भएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रामलाल डगौरा थारुले मानिसको इज्जत प्रतिष्ठा भनेको मानिसको सिपबाट कदर हुने बताउनुभएको छ। पुरानो संस्कार मात्र हेर्नेभन्दा पनि अबको आधुनिकतामा आधारित रहेर अगाडि बढ्नुको साथै समाजको सशक्तिकरण र रूपान्तरणमा नयाँ नयाँ कार्यहरू गर्दा टेवा पुग्ने समेत प्रमुख अतिथि थारुले बताउनुभयो ।
मञ्चका उपाध्यक्ष राम बहादुर नेपालीकाे स्वागत मन्तव्य संगै सुरु भएको साधारणसभामा टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष माेहन विक लुहार र कार्यपालिका सदस्य राम बहादुर नागार्जि समाजसेवी डम्बर बहादुर नेपाली, शुभारम्भ अनलाइन टेलिभिजनका प्रवन्ध निर्देशक यज्ञराज सिमखडा, समाजसेवी लाेक बहादुर नेपाली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे।
मञ्चको आज सम्पन्न भएको साधारण सभाले लोकबहादुर नेपालीको अध्यक्षतामा १३ सदस्य नयाँ समिति चयन गरेको छ। उपाध्यक्ष शान्ति परियार, सचिवमा पदमसिंह परियार, कोषाध्यक्षमा रुपा नेपाली, सदस्यमा धिरज दास, मिन बहादुर नेपाली, अमृत पाल्पाली, कमला दमाइ ,मिठ्ठु दमाइ, बुँदे दमाइ, डम्बर तिखातरी, टिकाराम टेलर र शोभा नगार्जी सर्वसम्मत चयन हुनुभएकाे हाे ।
कार्यक्रमकाे संचालन परियार समाज सशक्तीकरण मञ्चका सचिव कैलाश बहादुर नागार्जीले गर्नुभएको थियोे ।
भिडियो समाचार हेर्नका लागि यसको फेसबुक तथा युट्युब च्यानल हेर्नुहोला।

















Discussion about this post