शुभारम्भ अनलाइन टि.भी.

खप्तड सांस्कृतिक समाजको दशै मिलन तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न

11
SHARES
75
VIEWS

टीकापुर, ०४ कार्तिक / कैलाली जिल्लाकाे टीकापुरमा केन्द्रीय कार्यालय भएको खप्तड सांस्कृतिक समाजको दशै मिलन तथा नव निर्मित भवनको समुद्घाटन शनिबार सम्पन्न भएको छ ।

समाजका केन्द्रीय अध्यक्ष गणेश साउँदको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री डाक्टर रण बहादुर रावल रहनुभएको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै पुर्व मन्त्रि रावलले उक्त समारोहमा शुभकामना मन्तव्य राख्दै यस समाजका लागि जतिबेला पनि आफू सकरात्मक भएको बताउनुभएको छ । डा‍. रावलले मानिसहरूको सम्पत्ती भनेको आर्थिक तथा जमिन  मात्र नभई मानिस भित्र रहेको कलापनी सम्पती भएको बताउनुभयो । त्यस्तै कला मार्फत आफ्नो संस्कृति बचाउनका लागि ठूलो योगदान कलाकारहरुकाे भएको बताउनुभयो ।

उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि तथा टीकापुर नगरपालिकाका निवर्तमान मेयर तपेन्द्र रावलले टीकापुरमा भएका जति पनि संघ संस्थाहरु छन् तिनीहरूलाई हिजोका दिनमा आफूले सहयोग गरेको बताउदै । कुनै कुनै संस्थाहरुले भने आफुले दिएको सुनलाई पनि नुन बनाएको तर खप्तड सास्कृतिक समाजले भने नुनलाई सुन बनाएको बताउनुभएको छ ।

त्यस्तै उक्त भवन उद्घाटन कार्यक्रममा बोल्दै नेता तथा समाजसेवी एवं यस समाजका पूर्व सल्लाहकार नवराज रावले देशका ७५३ स्थानियतह मध्ये जग्गाका हिसाबले सबैभन्दा धनी नगरपालीका टिकापुर नगरपालिका रहेको बताउनुभयो।

कार्यक्रममा कर्णाली सेवा समाजका अध्यक्ष मदन रोकाया, यस समाजका सचिव भक्तराज देवकाेटा, कलाकार माधवी मगर, भिम बिष्ट,  पदम धामी, देउडा गायिका मनिषा बि क, गणेश बिक लगायतले शुभकामना मन्तव्य तथा आफ्नो प्रस्तुती राख्नुभएको थियो ।

नवनिर्माण भवनको उद्घाटन भने सुदूरपश्चिम प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री डा. रण बहादुर रावलले गर्नुभएको थियो ।
समाजको आफ्नै भवनमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तब्य कलाकार तथा समाजसेवी नवराज रिमालले राख्नुभएको थियो भने उक्त कार्यक्रमको संचालन  यस समाजका केन्द्रिय महासचिब भानुभक्त जैसी ले गर्नुभएको  थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित