भाद्र २७,टीकापुर । प्राज्ञिक समाज टीकापुरको आयोजनामा टीकापुरमा एक कार्यक्रमकाबीच नर-राजु मोबरा पुरस्कार न्याउल्यामा रसालंकार नामक कृतिका लेखक देवानन्द रिमाल चिन्तक लाई प्रदान गरिएको छ ।
प्राज्ञिक समाज टीकापुरका अध्यक्ष खगेन्द्र उपाध्यायको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रमका प्रमुख अतिथि टीकापुर बहुमुखी क्याम्पस प्रमुख ढबिन्द्र रावल रहनुभएको थियो ।
उक्त पुरस्कार वितरण तथा स्रष्टा सम्मान कार्यक्रममा देउडामा पिएचडि प्राप्त गर्नुभएका डा.याेगेन्द्र बजगाईंले उक्त लेखको आलोचनात्मक तथा समालोचनात्मक समिक्षा गर्नुभएको थियो ।
कार्यक्रममा सामुदायिक पुस्तकालयका ताराप्रसाद जोशी, यस समाजका पूर्व अध्यक्ष धनकृष्ण उपाध्याय, टीकापुर नगरविकास समितिका पुर्व अध्यक्ष रामचन्द्र कट्टेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
विरेन्द्र विद्या मन्दिर मा.विका प्राचार्य एवं यस समाजका सदस्य सचिव फणेन्द्रराज रेग्मीले संचालन गर्नु भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य मिन बहादुर रावलले राख्नुभएको थियो भने कैलास देव नगार्जीले कविता वाचन गरि कार्यक्रमको थप शोभा बढाउनु भएको थियो ।
हरेक वर्ष आजका दिन प्रदान गरिने उक्त पुरस्कार माेनबहादुर रावलको सम्झनामा उनका छोरा नरपति रावल र बुहारी राजुदेवी रावलले स्थापना गर्नुभएको थियो ।

















Discussion about this post