शुभारम्भ अनलाइन टि.भी.

ललितपुरको आधारशिला एकेडेमी सिंगीङ्ग स्टारको उपाधी करणलाई

11
SHARES
79
VIEWS

 

गोपाल जंग थापा

भदौ १९ ,ललितपुर /आधारशिला एकेडेमी सिंगीङ्ग स्टारको उपाधी करण भारतीले हात पारेका छन् । ललितपुरको एकान्तकुनामा अवस्थित आधारशिला एकेडेमीले सञ्चालन गरेको विद्यालय स्तरीय सिंगीङ्ग स्टार प्रतियोगितामा मंगलबार फाइनल चरणको अडिसनमा उत्कृष्ट गायन प्रस्तुत गर्दै उनी प्रथम आधारशिला एकेडेमी सिंगीङ्ग स्टार बन्न सफल भएका हुन् ।

फाइनल चरणमा पुगेका पाँच जना प्रतिस्पर्धी मध्ये अन्य ४ जनालाई उछिन्दै करणले पहिलो स्थान हासिल गरेका हुन् । त्यसैगरी नितेश लामा सिंगीङ्ग स्टारमा दोस्रो भएका छन भने संगम खड्का तृतीय भएका छन । मिक्सन लामा चौथो हुदा प्रकृति बयलकोटीले पाँचौ स्थान हासिल गरेकी छिन् ।

सो अवसरमा पहिलो, द्धितीय र तृतीय स्थान हासिल गर्नेलाई ट्रफि र प्रमाणपत्र प्रदान गरिएको थियो । चौथो र पाँचौ हुनेलाई प्रमाण दिएर सम्मान गरिएको थियो । सिंगीङ्ग स्टारको निर्णायकको रुपमा संगीतकार अशोक कर्ण र गायक सुमन बिटी रहेका थिए । प्रतियोगिताको नतिजा सुनाउदै निर्णायकद्धय कर्ण र सुमनले सानै उम्मेरमा पनि विद्यालय स्तरमा आयोजना गरिएको सिंगीङ्ग स्टारमा प्रतियोगीहरुले राम्रो गायन कला प्रस्तुत गरेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा बोल्दै आधारशिला एकेडेमीका प्राचार्य गणेश गिरीले विद्यार्थीहरुको अन्र्तनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उदेश्यले आधारशिला एकेडेमी सिंगीङ्ग स्टार आयोजना गरिएको बताए ।

पढाइका साथै विद्यार्थीहरुमा रहेका अतिरिक्त क्षमताको प्रवद्र्धन गर्नु विद्यालयको अर्को महत्वपूर्ण लक्ष्य रहेको प्राचार्य गिरीको भनाई थियो । उक्त अवसरमा विविध साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित