शुभारम्भ अनलाइन टि.भी.

हरियाली बचत तथा ऋण सहकारी सस्थाको ११औं साधारणसभा सम्पन्न

720
SHARES
1.4k
VIEWS

 भाद्र १६, टीकापुर ।  कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ स्थित हरियाली बचत तथा ऋण सहकारी सस्थाको ११ औं  साधारण सभा शनिबार टीकापुर उद्योग वाणिज्य सङ्घको  हलमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष महेन्द्रसिंह बमको अध्यक्षतामा प्रदेशसभा सदस्य लक्ष्मण किशोर चौधरीको प्रमुख आथित्यमा सम्पन्न भएको हो । सहकारीको समग्र विकासको अब आवश्यकता नै स्थानीय सरकार रहेको भन्दै टीकापुर नगरपालिकाका नगर उपप्रमुख तथा कार्यक्रमका  बिशिष्ठ अतिथी खडक बहादुर शाहले आफ्नो भनाई राख्नुभएको थियो ।

त्यस्तै टीकापुर नगरपालिका वडा नम्बर एकका वडाअध्यक्ष मोहन वि.क, नगरपालिकाका आर्थिक  शाखा प्रमुख नन्द बहादुर के.सी, समाजसेवी टेकराज रेग्मि, सस्थाका संस्थापक अध्यक्ष हेमन्त राज माण्व्य, जनकल्याण सहकारी संस्थाका व्यवस्थापक छविलाल जैसी, संस्थाका पूर्व अध्यक्ष नारायण प्रसाद न्यौपाने, सस्थाकी सेयर सदस्य उलका देवी बि.क लगायतले आफ्नो बनाइ सहित शुभकामना मन्तव्य राख्नुभएको थियो ।

ऋण समिति संयोजक कृष्णप्रसाद उपाध्याय ले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन संस्थाका सदस्य पृथ्वीराज ढुंगानाले गर्नुभएको थियो । साधारण सभामा आर्थिक प्रतिबेदन संस्थाका कोषाध्यक्ष रतनराज शर्माले प्रस्तुत गर्नुभएको थियो भने  बार्षिक प्रगतिप्रतिवेदन संस्थाका अध्यक्ष  महेन्द्र सिंह बमले प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यक्रमबाट विभिन्न तीन  विधामा  पुरस्कार बितरण गरियकाे थियाे । पुरस्कार पाउने हरुमा  उत्कृष्ट बजार व्यवस्थापनमा चन्द्रा कुमारी पाठक, असल ऋणिमा चन्द्रा कुमारी भण्डारी र असल बचतकर्तामा नवराज देवकोटा रहनुभएको थियो ।

त्यस्तै उक्त कार्यक्रममा संस्थापक अध्यक्ष हेमन्तराज माण्डव्य, पूर्व अध्यक्ष नारायणप्रसाद न्यौपाने, निवर्तमान अध्यक्ष चक्रपाणी साप्काेटा लाई सम्मान समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित