शुभारम्भ अनलाइन टि.भी.

स्वर्गीय रत्न प्रसाद संज्यालकाे स्मृति भवन समुउद्घाटन

10
SHARES
73
VIEWS

टीकापुर १२ भाद्र /  स्वर्गीय रत्न प्रसाद संज्याल स्मृति भवन टीकापुरमा  एक कार्यक्रम बिच  मंगलबारस समुउद्घाटन भएकाे छ । टीकापुरमा शिक्षाको  क्षेत्रदेखि कुशल नेतृत्वको भूमिका खेलेकोमा टीकापुरले  स्व. संज्यालको सम्मान स्वरुप  बिरेन्द्र विद्या मन्दिरको छात्रावासकाे  भवन निर्माण गरि सम्मन गरेको हो ।

जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख तथा बिरेन्द्र विद्या मन्दिरका पदेन विद्यालय व्यवस्थापन समिति अध्यक्ष बैकुण्ठ सुवेदीको सभाध्यक्षतामा सम्पन्न भएको सो उद्घाटन समारोहका प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगरप्रमुख रामलाल डगौरा थारु रहनुभएको थियो ।

समुउद्घाटनमा बाेल्दै प्रमुख अतिथि थारुले  यस टीकापुरमा  शैक्षिक क्षेत्रकाे विकासका लागि स्व. संज्यालले गर्नुभएका विभिन्न कामकाे सम्झना गर्दै उहाँप्रति  उच्च सम्मान व्यक्त गर्नुभयाे । त्यस्तै उक्त कार्यक्रममा बोल्दै टीकापुर नगरपालिकाका निवर्तमान नगर प्रमुख तपेन्द्र वहादुर रावलले भन्नुभयो राम्रो काम गर्नेलाइ धरतीमा रहेपनि नरहेपनि  मानिसहरूको मनमनमा रहने बताउदै हामी सबैले  स्व. संज्यालकाे जस्तो उदारणिय काम गर्नुपर्ने बताउनुभयो  ।

मंगलबार सम्पन्न भएको उक्त कार्यक्रमका विशिष्ट अतिथिको आसनबाट बोल्दै समाजसेवी तथा गुठियार प्रमुख  नवराज रावलले यस विद्यालयको  ९ करोड अक्षय काेषकाे रकम रहेको र प्रयाप्त जमिन भएकाले  विद्यालयको विकासमा हामीले कुनै पनि कमी गर्न नहुने बताउनुभयो ।

सब्य र भव्य रुपमा सञ्चालन भएको कार्यक्रममा नेकपा एमालेका नेता श्याम खत्री, समाजसेवि सूर्यचन्द्र भट्टराई नागरिक समाजका संयोजक भिमराम चपाँइ, नेपाली कांग्रेसका नगर सभापति नरेश खत्रि, कर्णाली सेवा समाजका अध्यक्ष मदन राेकाय,  टीकापुर बहुमुखी क्याम्पस प्रमुख डवेन्द्र बहादुर रावल,  पत्रकार यकेन्द्र तिमिल्सीना , भुवनेश्वर अधिकारी लगायतका व्यक्तित्वहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक फणिन्द्रराज रेग्मीले संचालन गर्नुभएको उक्त कार्यक्रमको स्वागत मन्तव्य सहायक प्रधानाध्यापक डाक्टर योगेन्द्रप्रसाद बजगाईंले गर्नुभएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित