टीकापुर २० साउन । टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सातौं वार्षिक साधारणसभा टीकापुर स्थित जालपादेवी मन्दिरको सभाहलमा शनिबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा शुभकामना मन्तब्य राख्दै कार्यक्रमका प्रमुख अतिथि तथा सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश बहादुर देउवाले खानेपानी संस्थाको चौतर्फी विकासमा आफू सकरात्मक भएको बताउनुभयो ।
खानेपानी बर्तमान अबस्थामा नागरिककाे मौलिक हकभित्र पर्ने भएकाले हामी तीनै तहका सरकारका प्रतिनिधिहरु सकरात्मक भएकाे प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि एवं पूर्वराज्यमन्त्री चन्द्र सिंह भट्टराईले खानेपानी नितान्त सेवामूलक संस्था भएकाले तत्काल मिनिरल वाटर सहितकाे आम्दानी मुलक संस्थाकाे रुपमा अगाडी नबडाउन समेत आग्रह गर्नुभयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवं पूर्व प्रदेशसभा सदस्य उमादेवि वादीले समाजको रुपान्तरण सँगै खानेपानीका शुद्धताका स्राेत पनि परिवर्तन भएको समेत बताउनुभयो ।
कार्यक्रमका अतिथि तथा टीकापुर नगरपालिकाका उपप्रमुख खडक बहादुर शाहले नेपाल सरकारको विभिन्न बजेट मार्फत विकास निर्माणको कार्य गर्दै गर्दा एक खाले विकासकाे निर्माण भइरहेकाे पूर्वाधार लाई अर्को खाले विकास निर्माणका संरचना बनाउँदा खेरि तोडफोड गर्ने गर्दा विकास निर्माणमा भइरहेको ढिलासुस्तीलाइ राेक्न नगरपालिका र आफूले निरन्तर लागिरहेको समेत बताउनुभएको छ ।
कार्यक्रममा बाेल्दै उपप्रमुख शाहले यस्ताखालका निर्माण भइरहँदा हुने क्षतिलाई जुनसुकै संस्थाको भएपनि नेपाल सरकारकै बजेटको क्षति भएको बताउनुभयो ।
संस्थाको सातौ साधारण सभामा विभिन्न पार्टीका प्रतिनिधिहरूको सहभागी रहेको थियो भने साे कार्यक्रममा प्रदेश सांसद ललिता सुनार नेपाली काग्रेसका क्षेत्रीय सभापती प्रकाश शाह ,टीकापुर नगरपालीका वडा नं. १ का वडा अध्यक्ष माेहन वि. क. , नेकपा एमालेका कैलाली जिल्ला समिति सदस्य तेज बहादुर बोहरा, रा प्र पाका नेता डम्बर बहादुर थापा, नेकपा एसका नेता रंग अधिकारी, नागरिक समाज टीकापुरका संयाेजक भिमराम चपार्इ , नेता तथा समाजसेवी बिरेन्द्र साउँद लगायतका बक्ताहरुले आफ्नो भनाई राख्नुभएको थियो ।
सिर्जना पण्डितले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन संस्थाका सचिव मनिष बलायरले गर्नुभएको थियो ।



















Discussion about this post