टीकापुर १६ साउन / विशेषगरी कैलाली र कञ्चनपुरमा पछिल्लो समय आँखापाक्ने राेगका बिरामिहरुकाे संख्या बढ्दै गएको छ । सिजन अनुसार असार र साउन महिनामा देखिने यो रोग यस वर्ष भने संक्रमितको संख्या बढी भएको चिकित्सकहरूको भनाइ भएको छ।
आँखा अस्पताल टीकापुरमा कार्यरत डा. विनु रायमाझीका अनुसार कैलाली र कञ्चनपुरमा एकदमै बढी यस रोगका संक्रमितकाे संख्या देखिएको बताउनुभएको छ । यो रोग बढी भन्दा बढी मात्रामा फैलिने र सजिलै फैलिने भएकाले यो रोगको संख्या बढेको बताउनुभएको हाे ।
आगमी दिनहरुमा सतर्कता नअपनाए अझै यसको संख्या बढ्न सक्ने समेत बताउनुभयो डा. रायमाझीले शुभारम्भ अनलाइनलाई दिएको जानकारी अनुसार यसको उपचार समयमा गर्न नसके भोलि गएर आँखाको ज्योति गुम्न सक्ने पनि खतरा रहेको बताउनुभयो ।
हाम्रो प्रश्नको जवाफ दिदै डा. रायमाझीले यो रोगबाट बच्न यसका बिरामीहरूको शेहार गरेपछि सेहार गर्ने व्यक्तिले आफ्ना हात साबुनपानीले राम्रोसँग धुनुपर्ने र आँखाका बिरामि व्यक्तिबाट जोगिएर बस्नुपर्ने बताउदै बेलाबेलामा सफा पानीले आफ्नो आँखा सफा राख्नु पर्ने बताउनुभयाे ।
यदि यो रोग देखा परेमा समयमै उपचार गर्नुपर्ने उपचार नगरे पछि यसले दीर्घकालीन रुपमा आँखाको समस्या हुने समेत चिन्ता ब्याक्त गर्नुभयाे ।

















Discussion about this post