टीकापुर १२ साउन / टीकापुर नगरपालिकाको ब्यावसायिक भवनको दक्षिण तर्फका १ देखि १३ सम्मका सटर कोठाहरु जीर्ण अवस्थामा पुगेका छन् । जीर्ण अवस्थामा पुगेकाे करिब तीन बर्ष पुग्दा पनि मर्मत सम्भारका लागि आवश्यक पहल नगरेको भन्दै टीकापुर नगरपालिका प्रति व्यवसायीहरूको आक्रोश रहेको छ ।
विगत लामो समयदेखि नै यस विषयमा नगरपालिकामा बारम्बार कार्यालयमा गएर भन्दा पनि खासै चासो नदेखाएको भन्दै व्यापारीहरु नगरपालिका प्रति आक्रोशित बनेका हुन ।

व्यवसायी मदिना सपिङ सेन्टरका सञ्चालक नारायण न्यौपानेका अनुसार उक्त भवन निर्माण गर्दाको समयमा गुणस्तरको सामान प्रयोग नभएको र त्यसकाे अनुगमन पनि सही नभएकाले यस्ताे समस्या झेल्नु परकाे भन्दै आक्रोश ब्यक्त गरेका छन ।

















Discussion about this post