शुभारम्भ अनलाइन टि.भी.

नेप्सेमा एकाएक उकालाे लाग्नुको के छ खास कारण, अब के होला ?

4
SHARES
29
VIEWS
पुँजी बजारमा एकाएक चमक फर्किएको छ । निरन्तर घटेर प्यानिक अवस्थामा पुगेको बजारले आइतबार भने आम लगानीकर्तालाई राहत दिएको हो । यस दिन नेप्से सूचक ९४.९२ अंकले बढेर १९५६.९८ विन्दुमा आइपुगेको छ । २ अर्ब १९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३ दर्जनभन्दा बढी कम्पनीमा सकारात्मक सर्किट ब्रेकर लागेको छ ।
भाउ निरन्तर झरेर निकै तल्लो विन्दुमा आउनु अनि सरकारले बजार सुधारमा प्रतिबद्धता देखाउनु लगायतका कारणले सेयर बजारमा सकारात्मक प्रभाव परेको विश्लेषण गरिएको छ । त्यसो त सेयर भाउ लगातार घट्दा निकै सस्तो भएको थियो । नेप्से सूचक झर्नेक्रम नरोकिंदा यसअघिको बुलको उच्चतम विन्दु पनि अझै तल झरेको थियो ।
 पीई, इपीएस तथा ५२ हप्ताको मूल्य लगायत अन्य सबै महत्वपूर्ण सूचकहरुलाई हेर्दा पनि मूल्य निकै तल्लो विन्दुमा आएको प्रष्ट भइसकेको थियो । यसैलाई ध्यान दिंदै म्युचुअल फन्ड, ठूला र संस्थागत लगानीकर्ताहरु एकसाथ बजारमा आकर्षित भएका हुन् । आन्दोलनपछि धितोपत्र बोर्डले बजार सुधारमा अग्रसरता देखाउने प्रतिबद्धता जनाउँदा आम लगानीकर्ताको मनोविज्ञान पनि सकारात्मक बन्न पुगेको छ ।
 यी सबै पक्षहरुको एकसाथ सकारात्मक प्रभाव परेकाले आइतबार बजार वृद्धि हुन सकेको हो । प्रमुख पक्ष भनेको यो वृद्धि अब टिकाउ र दिगो हुन्छ कि हुँदैन ? त्यो भने हेर्न बाँकी छ । विगत १० महिनायता बजार समग्रमा वियरिस ट्रेन्डमा छ । तर पछिल्लो १ महिनाको अवधिलाई आधार मान्ने हो भने बजारको गिरावट निकै छिटो र अलि त्रासदीपूर्ण नै रह्यो । २२ सयबाट ओरालो लागेको बजार लगभग नरोकिने अवस्थामा आइपुग्यो । फलस्वरुपः नेप्से इन्ट्रा डे कारोबारमा १८०७ विन्दुसम्म झर्यो । यो गिरावट भनेको निकै छिटो र धेरै पनि थियो ।
सूचक यस्तो अवस्थामा आउँदा निकै राम्रा र आधारभूत पक्ष सबल भएका कम्पनीहरुको मूल्य पनि अप्रत्यासितरुपले घट्न गयो । यसबाट सर्वसाधारण लगानीकर्ता प्यानिक भए । बैंकहरुले धमाधम मार्जिन कल गर्न थालेपछि आम लगानीकर्ता झनै समस्यामा परे ।
 अब यो वृद्धि केही दिगो हुन सक्यो भने सर्वसाधारण लगानीकर्तालाई पक्कै पनि राहत मिल्नेछ । आम लगानीकर्ताहरुले पनि योजनाबद्ध हिसाबले रिस्क–रिवार्ड रेसियोलाई ख्याल गर्दै सबल वित्तीय सूचक भएका कम्पनीहरुमा लगानी गर्न सक्नुपर्छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित