टीकापुर ३० असार / याे वर्षको माघ महिना यता टीकापुर अस्पतालको तथ्याङ्क अनुसार ४६ जना सर्पले टाेकेका बिरामीले अस्पताल बाट सेवा लिएको अस्पताल व्यावस्थापन समिति अध्यक्ष झपट सोडारीले जानकारी दिनुभयो ।
टीकापुर अस्पतालमा माघदेखि चैतसम्म ९ जना विरामीहरुले उपचारको सेवा लिएका छन् भने बैशाख र जेष्ठ मात्रै ५/५ जना ले उपचारको सेवा लिएकाे तथ्यांक छ ।
त्यस्तै असार महिनामा मात्र २७ जना बिरामीहरु आएको तथ्यांक मा लेखेको छ । यसमध्ये बाट छ जनालाई विषालु सर्पले टोकेको र बाँकी २१ जनालाइ साधारण सर्पले टाेकेकाे अस्पताल स्रोतले जानकारी दिएको छ ।
विषालु सर्पले टोकेका ६ जना मध्ये १ जना ८ बर्षिया बालकाे सफल उपचार गरेर घर पठाइएको छ । भने त्यसैगरी एकजना ६ बर्षिया बालकाे बालकको उपचार भइरहेको अस्पतालले जानकारी दिएको छ ।
तेस्तै अस्पतालबाट उपचार सम्भ हुदा हुदै पनि बिरामाका आफन्तकाे आग्रहमा ४ जना बिरामिलार्इ अस्पतालबाट रिफर गर्नुपरेको बताइएको छ ।अस्पतालमा कार्यरत डाक्टर धनलक्ष्मी गिरीका अनुसार तराईमा विशेष गरेर दुई प्रकारका सर्प ले टोक्ने गरेको पाइएको बताउनुभएको छ । साझकाे झिसमिसे र विहानको मिर्मिरेमा टोक्ने सर्प भनेको काेब्रा सर्प रहेको बताउनुभयो । यसले टोकेको हतसम्म थाहा हुने र उपचार गर्न सहज हुने बताउनुभएको छ ।
करेच भन्ने सर्प टोकेको थाहा नहुने र यसले टाेकेको थाहा नभएपछि उपचारमा पनि कठिनाई हुने डाक्टर गिरीले बताउनुभयो ।
अस्पताल व्यवस्थापन समिति अध्यक्ष अनुसार यो वर्ष टिकापुर अस्पतालमा उपचार गर्ने आएका ४६ जना मध्ये जटिल छ जना बिरामिकाे उपचार सफल भएको बताउनुभयो यो सफल हुनुमा विशेषज्ञहरूको टोलीले दिनरात नभनिकन खटेर उपचार गर्नुको प्रतिफल रहेको समेत बताउनुभयो ।




















Discussion about this post