टीकापुर– २९ साउन / विकासको मुख्य तथा महत्वपूर्ण आधार भनेको स्वास्थ्य हाे स्वास्थ्य तथा शिक्षासँग सम्बन्धित विषयवस्तुलाई विशेषत तरिकाले हेरीनु पर्छ भने नेपाल सरकारको पछिल्लो नीति छ । त्यसमा पनि आमा तथा नवजात शिशुकाे स्वास्थ्यलाई विशेष गरेर हेर्ने गरिन्छ ।
तर त्यसो नभएको भन्दै शुक्रबार टिकापुर नगरपालिकाले आयोजना गरेको आर्थिक वर्ष ७९/८० सालको सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै एक स्थानीय महिलाले आफू साउनमा सुत्केरी भएको तर पटक-पटक धाउँदा पनि मंसिरमा सुत्केरी भत्ता पाएको गुनासो गरेकी छिन । उक्त कार्यक्रममा बोल्दै सहभागी महिलाले स्थानीय सरकारले आफू जस्ता हजारौं महिलाहरुलाई रोजगारी दिन नसक्दा समेत दैनिक डिप्रेसनका सिकार बन्दै जानुपरेको दाबी समेत गरेकी छन्।
कम्प्युटरको जमानामा पुरानै समयको समय हेर्न बनाइएको घन्टाघरको आवश्यक र महत्व नभएको भन्दै तेसमा लाग्ने उक्त बजेटबाट टीकापुर नगरपालिकामा उद्योगधन्दा तथा कलकारखाना खाेलेकाे भए हजाराैँ महिलाहरु रोजगारी हुने समेत जिकिर समेत गरेकी छन् ।



















Discussion about this post