शुभारम्भ अनलाइन टि.भी.

अझै बस्न सकेन २० मिनेटका लागि स्थगित भएको संसद बैठक

3
SHARES
23
VIEWS

सूर्यप्रकाश स‌ंज्याल

कैलाली १२ जेठ /  प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधपछि २० मिनेटका लागि स्थगित भएको बैठक ४ घन्टा बढी समय बित्दा पनि सुरू हुन सकेको छैन।

संसद सचिवालयले निकालेको पछिल्लो सूचनामा बैठक साँझ ६ बजे बस्ने भनिएको छ तर बैठक बस्ने टुंगो छैन। यसअघि सचिवालयले बैठक ३ बजे बस्ने सूचना निकालेको थियो।

बुधबारको संसद बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ‘पशुपतिमा सुनको जलहरी राख्ने भनेर पित्तलको जलहरी राखी भ्रष्टाचार गरेको’ आरोप लगाएका थिए।

त्यही विषयलाई लिएर एमालेले आज संसद अवरोध गरेको हो।

एमालेले माओवादी सांसदले दिएको अभिव्यक्ति संसदको रेकर्डबाटै हटाउनु पर्ने माग राखेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित