शुभारम्भ अनलाइन टि.भी.

प्रकाश सपुतको नयाँ गीत विवादमा, उनी अमेरिकामा

5
SHARES
36
VIEWS

काठमाण्डाै ०४ बैशाख । गायक प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ विवादमा परेको छ।

युट्युबमा रिलिज भएको चार दिनसम्म उक्त गीत ‘ट्रेन्डिङ वान’ मै छ भने गीतका अंशमा धेरैले टिकटक बनाएका छन्।

भाइरल भइरहेको गीतका शब्दहरू स्त्रीद्वेषी भएको भन्दै आलोचना सुरू भएको हो। सामाजिक सञ्जालमा गीतले महिलालाई होच्याएको र उनीहरूको क्षमतामाथि प्रश्न गरिएको भन्दै आलोचना भएको छ।

 

गीतमा सकम्बरी नामकी पात्र छन्। जसको नाम गाउँमा हुँदा फूलमाया हुन्छ। सपुतले सकम्बरी पात्र पारिजातको चर्चित उपन्यास ‘शिरिषको फूल’ बाट लिएको देखिन्छ। पारिजातकी पात्र सकम्बरीलाई सपुतले गरेको चित्रण पनि सुहाउँदो नरहेको भन्दै आलोचना भएको छ।

यसअघि सपुतको ‘पीर’ शीर्षकको गीतको भिडिओको दृश्य विवादमा परेको थियो। उक्त गीतको भिडिओमा सपुतले माओवादीकी पूर्वछापामार महिलाले देह व्यापार गरेर जीविकोपार्जन गरिरहेको देखाएका थिए। व्यापक विरोध भएपछि उनले उक्त दृश्य हटाएका थिए।

गीतमा महिला पात्रको प्रस्तुतिलाई लिएर फेरि विवाद भएपछि हामीले सपुतलाई यसबारे कुरा गर्न खोज्यौं। उनी केही समयअघि अमेरिका गएका रहेछन्।

अमेरिकामा रहेका सपुतसँग हामीले उनको नयाँ गीतमाथि उठेका प्रश्नबारे कुरा गरेका छौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित