टीकापुर २६ चैत्र । कैलाली जिल्लाको टीकापुर नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा नियमित रुपमा कर तिर्ने असल करदाता मध्येबाट केही उत्कृष्ट करदातालाई शनिबार एक कार्यक्रमका बीच सम्मान गरेको छ ।
टीकापुर नगरपालिकाले नियमित रुपमा करको दायरा बढाउनका लागि गरेको एक प्रकारकाे रणनीति अनुरुप को कार्यक्रम अन्तर्गत सो कार्यक्रम गरेको टीकापुर नगरपालिकाका नगर उपप्रमुख खडक बहादुर शाहले बताउनुभयो ।
नगरपालिकाले गरेको सम्मान कार्यक्रम बाट आफुहरु धेरै खुसी भएको सम्मनित करदाताहरु बताउनु भएको छ ।
सहभागी करदाताहरु मध्ये असल करदाताहरु जस्तै घरबहाल, जग्गा को मालपोत, व्यवसायी कर लगायतका शीर्षकमा कर तिर्ने मध्ये र त्यसमा पनि नियमित तथा ठूलो कर रासी एवम लगातार तीन वर्षसम्म साउन १ गते भित्र कर बुझाउने लाई सम्मान गरिएको थियो । समयमै कर तिरौ असल नागरिकको पहिचान गरौं ।


















Discussion about this post