टीकापुर, २५ चैत्र । कैलाली जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर १ मा स्थानीय महिलाको सामूहिक लगानीमा सन्चालन भएकाे मालिका महिला उद्यमी कम्पनीले स्थानीय तरकारी जन्य पदार्थ तथा मासबाट बन्ने मसेउरा मुलाकाे सिन्कि र गुन्द्रुकको बनाउन सुरु गरि स्थनिय उत्पादनकाे उचित सदुपयाेग गर्न थालेकाेछ ।
उद्यमशील स्थानीय १७ जना महिलालकाे करिव ३० लाख लगानीमा सञ्चालन भएको उक्त कम्पनीले कृषकहरुले उत्पादन गरेर बजार नपाएका स्थानीय तरकारी जन्य पदार्थ जस्तै मुला, मुलाकाे साग लगायतका तरकारीजन्य वस्तुहरूको बजारलाई चलायमान बनाउन थालेको छ ।
स्थानीय बजारमा बिक्री नभएर सिजनमा बढी भएको मुलक तथा मुलाको पातबाट समेत स्थानीय कृषकहरुले फाइदा लिएकाे र स्थानीय कृषकलाइ आफूले बस्तुकाे उचित मुल्य दिएकामा कृर्षकहरु हर्षित भएको बताउनुहुन्छ कम्पनीका काेषाध्यक्ष र्सिजना सर्मा पण्डित
आज भन्दा अगाडी मास, पिँडालु तथा मूल जस्ता तरकारी जन्य पदार्थहरूको बिक्री नहुदा चिन्तित भएका कृषकहरु अब भने आफ्नो कम्पनीले तरकारी जन्य पदार्थ किनिदिने भएकाले उत्पादन गर्ने हाैसला बढन थालेको बताउनुहुछ पन काेषाध्यक्ष पण्डित ।
विभिन्न ६ वटा अत्याधुनिक मेशिनबाट सफा तथा गुणस्तरीय खाद्यबस्तु उत्पादन हुने भएकाले छोटो समयमै राम्रो उत्पादन र कम्पनीले उत्पादन गरेको सामानकाे गुणस्तर प्रभावकारी भएकाले यसको बजार पनि छिट्टै बिस्तार हुने सम्भावना समेत रहेको यस कम्पनीका सदस्य हरुले दाबी गर्नुभएको छ ।
स्थानीय उत्पादनलाई माया गरी आर्गेनिक तरकारी तथा खाद्य वस्तुहरूको प्रयोग गर्दै स्वस्थ र निरोगी बनाै ।

















Discussion about this post