शुभारम्भ अनलाइन टि.भी.

मधुवनमा सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु

8
SHARES
55
VIEWS

 मधुवन १६ चैत्र । बर्दियाको मधुवनमा सवारी दुर्घटनामा परि एक महिलाको मृत्यु भएको छ । बर्दियाको हुलाकी राजमार्ग अन्तर्गत पर्ने मधुवन नगरपालिका ५ को चोक नं ८ मा आज दुर्घटना हुदा एक महिलाको ज्यान गएको हो । नेपालगञ्जबाट राजापुर आउदै गरेको भे २ ख २२५४ नम्बरको बस र विपरीत दिशा बाट आउदै गरेको भे ४ प ५६४७ नम्बरको मोटरसाईल ठोकिदा मोटरसाईकलमा सवार ठाकुरबाबा नगरपालिका ७ की २६ बर्षिया सरिता थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त सुचना अधिकारी तथा प्रहरी निरिक्षक हृदयश कुमार सापकोटाले जानकारी दिनु भएको छ ।

बिहिबार दिउसो साढे ४ बजे दुर्घना भएको हो । दुर्घटनमा मोटरसाईकल चालकको अवस्था समान्य रहको छ । दुर्घटना लगत्तै प्रहरीले बसको चालक र मोटरसाईकल चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित