शुभारम्भ अनलाइन टि.भी.

सुदूरपश्चिम विश्वविद्यालयकाे कृषि विज्ञान संकाय टीकापुरमा ताला

8
SHARES
60
VIEWS

टीकापुर २५ फागुन ।  स्वतन्त्र विद्यार्थी युनियनको चुनावको पूर्वसन्ध्यामा टीकापुर बहुमुखी क्याम्पस कृषि विज्ञान संकायका  विद्यार्थीहरुलाई २६ गते भित्र भर्न हुन भनी निकालिएको सूचनाको विरोध गर्दै सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत रहेको कृषि विज्ञान संकायका  विद्यार्थी संगठनहरुले सयुक्त विज्ञप्ति निकाली विभिन्न विरोधका कार्यक्रमहरु अगाडि बढाएका छन ।

कृषि विज्ञान संकायमा अध्ययनरत ५ सय ३० जना विद्यार्थीहरूको हितविपरीत टीकापुर बहुमुखी क्याम्पसकाे लेटर पेटमा आफ्नो केही निर्णयहरु गरेर गतिविधि अगाडि बढाएको भन्दै ने वि स‌ंघ, अ ने रा स्ववियु क्रान्तिकारी ,अखिल नेपाल विद्यार्थी संगठन लगायतका विद्यार्थी संगठनहरुले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै विरोधका  तथा संघर्षका कार्यक्रमहरु अगाडि बढाउने भएका छन् ।

आफूहरुले स्ववियुको चुनावको कुरा मात्र ननिकाली आफ्नो स्वयतता लागि पनि यो संघर्ष भएको भन्दै उक्त विरोध कार्यक्रममा बोल्ने वक्ताहरुले बताउनु भएको छ ।

विश्वविद्यालयको सम्सोधित कार्यविधि २०७८ का अनुसार यस संकाय लाइ  school of agriculture बनाउने विषयमा निर्णय भइसकेको भन्दै अर्का एक वक्ताले आफ्नो भनाइ राख्नुभयो ।

अध्ययन बिदा मा अध्ययन गर्नका लागि आउनुभएका कर्मचारी विद्यार्थीहरुले बिदा लिने बेलामा कृषि विज्ञान संकाय को नामबाट विदा स्वीकृति गरेको तर फेरी अर्को पल्ट बिदा थप गर्न जादा र शैक्षिक प्रमाण प्रत्र कुन शैक्षक संस्थाबाट प्राप्त गर्दै भन्ने कुरो पनि अहिलेसम्म अन्योल भएको बताउनुभयो ।

विद्यार्थी कसैकाे रैती नभएको  स्वतन्त्र विद्यार्थी युनियनका एक विद्यार्थी नेताले आफ्नो भनाइ  राख्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित