शुभारम्भ अनलाइन टि.भी.

 कर्णाली सेवा समाजको होली मिलन कार्यक्रम सम्पन्न

11
SHARES
75
VIEWS

टीकापुर २३ फागुन । टीकापुर नगरपालिका वडा नम्बर १ मा रहेको कर्णाली सेवा समाजले मंगलबारआफ्ना सम्पूर्ण आजीवन सदस्य तथा कार्यसमितिका सदस्य त्यस्तैगरी सल्लाहकार एवं कर्णालीवासी हरुलाई होलिको शुभकामना आदानप्रदान गर्दै सो कार्यक्रम सम्पन्न भएको हो ।

समाजका अध्यक्ष मदन बहादुर रोकायाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथि समाजका सल्लाहकार सदस्य तथा  नेकपा माओवादी केन्द्रका नेता दयाराम संज्याल रहनु भएकाे थियाे ।

त्यस्तै समाजका उपाध्यक्ष दिपक बोगटिले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमका प्रमुख अतिथि समाजका सल्लाहकार सदस्य दयाराम संज्याल समाजका अध्यक्ष मदन रोकाया ,  समाजका आजीवन सदस्य मानबहादुर रोकाया लगायतले आफ्नो भनाइ राख्नु भएको थियो ।

कर्णाली सेवा समाजले कर्णाली तिर गाहिने देउडा  खेलेर पनि रमाइलो गरीएको थियो । समाजको आफ्नो भवनमा सञ्चालन भएको उक्त कार्यक्रमको सञ्चालन समाजका सचिव वीरेन्द्र खड्काले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित