शुभारम्भ अनलाइन टि.भी.

चर्को ब्याजदर विरुद्ध पहिलो चरणको आन्दोलन टीकापुरमा सम्पन्न

5
SHARES
36
VIEWS

 टीकापुर २१ फागुन । चर्को ब्याजदर विरुद्ध पहिलो चरणको आन्दोलन टीकापुरमा शनिबार सम्पन्न भएको छ ।  टीकापुर उद्याेग बाणिज्य संघले फागुन १६ गतेदेखि सुरु गरेको चर्को बैंक ब्याजदर विरुद्धको आन्दोलनको पहिलो चरणको कार्यक्रम शनिबार समापन गरेएको छ ।

टीकापुर उद्योग वाणिज्य संघले टीकापुर बजार भरी र्याली प्रर्दशन गरी बजारको मुख्य चोक चोकमा कोण सभामा परिणत गर्दै उक्त आन्दोलनकाे कार्यक्रम शनिबार समापन भएको घोषणा गरेको हो ।
राज्यले चर्को ब्याजदर बाट मरिरहेका व्यापारीहरूको उद्धार गर्नुको सट्टा अझै गृहमन्त्रालयले दिएको अभिव्यक्तिप्रति व्यापारी तथा उद्योग वाणिज्य संघ का नेताहरुले त्यसको बिरोध गरेका छन ।  चर्को ब्याजदरले देश सखाप हुन लागि रहेका बेला देशका उच्च राजनीतिक तथा सरकारको उच्च तहमा भएका नेताहरु सरकार बनाउने र सरकार ढाल्ने खेलमा लागेको भन्दै टीकापुरमा आज विरोध प्रदर्शन गरिएको छ ।

उक्त बिरोध प्रदर्शनमा आफ्नो धारणा राख्दै  टीकापुर उद्योग वाणिज्य सङ्घका पूर्व महासचिव शिवदत्त उप्रेतीले आफ्नो गुनासो  राख्नुभएको थियो ।

त्यस्तै  सङ्घको आयोजनामा गरिएको विरोध सभामा बोल्दै टीकापुर उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष नरेश कुमार खत्रीले माहासंघका ठुला नेताहरुका आफ्ना उधोग तथा इन्सुरेन्स र बैंकहरु  भएकाले गरिब भन्दा गरिब व्यापारीहरूको मर्का नबुझेको भन्दै उनीहरुमाथि को चर्को आलोचना समेत गर्नुभएको थियो ।

देशको विग्रिदाेअवस्थाको विरोधमा आफ्नो ज्यान बलिदान दिने प्रेम आचार्य प्रति हार्दिक सर्दान्जली अर्पण गर्दै सुदूरपश्चिम प्रदेश उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष रामबहादुर भण्डारीले महासङ्घको चुनाव पनि बहिस्कार गर्ने बाध्यता समेत रहन सक्ने चेतावनि समेत दिनुभएको  थियाे । टीकापुर एक यस्तो भूमि हो जुन भूमिबाट प्रारम्भ गरेको आन्दोलनले सार्थकता पाउने समेत उपाध्यक्ष भण्डारीले  जिकिर गर्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित