टीकापुर १० फागुन । टीकापुर उद्योग वाणिज्य संघले बैंकले पछिल्लो समय व्याजदर बढाएको भन्दै विरोधका कार्यक्रमहरु सुरुवात गर्ने भएको छ । भोलि फागुन ११ गते टीकापुरकाे बजार बन्द गरेर बिराेध गर्ने भएकाे छ ।
११ गते टीकापुर बजार दिउस १२ बजे सम्मका लागि बन्द गरिने जानकारी प्राप्त भएको छ । टीकापुर उद्योग वाणिज्य संघका सदस्य प्रकाश तिमिल्सिनाले दिएको जानकारी अनुसार टीकापुर उद्याेग वाणिज्य संघकाे बैठकले सामाजिक अभियन्ता दुर्गा प्रसाई सहित सहभागी भएर भोलि आन्दोलन गर्ने निणय भएकाे जानकारी दिनु भएको छ ।
संघका सदस्य तिमिल्सिनाले जानकारी अनुसार उक्त आन्दोलनका कार्यक्रममा सबै टीकापुर बासी ब्यापारीहरु उपस्थितिका लागि आज टीकापुर उद्याेग वाणिज्य संघको आह्वान समेत गरेको जानकारी दिनुभएको छ ।



















Discussion about this post