शुभारम्भ अनलाइन टि.भी.

मेयर तथा उप मेयर रनिङ फुटबल प्रतियोगता सम्पन्न बिरेन्द्र स्कुल प्रथम

6
SHARES
44
VIEWS

टीकापुर, ०७ फागुन । टीकापुर नगरपालिका स्तरिय मेयर तथा उपमेयर कप रनिङ फुटबल प्रतियोगिता सम्पन्न भएको छ । गत माघ २८ गते देखि सञ्चालन भएको उक्त प्रतियोगिता फागुन ७ गते शनिबार सम्पन्न भएको हाे।

टीकापुर स्थित वीरेन्द्र माध्यामिक विद्यालयको खेल मैदानमा फुटबल प्रतियोगिताको आयोजना गरिएको  थियाे । टीकापुर नगरपालिकाका विभिन्न बिद्यालयहरू का ५३ वटा टीमले प्रतियोगितामा भाग लिएका थिए।

२०७९ को मेयर तथा उप मेयर रनिङ फुटबल प्रतियोगताको छात्र तर्फ प्रथम स्थन हालिल गर्न सफल वीरेन्द्र माध्यमिक बिद्यालय भएको छ । तेस्तै दोस्रो स्थान खड्क स्मृति माध्यमिक बिधालयले हात पार्न सफल भएको छ।

यसका साथै तृतीय स्थन युनाईटेड एकाडेमीले  पाएको छ भने छात्रा तर्फ अन्तरगत प्रथम स्थानमा आई.एम.ई ईङ्लिस बोडिङ स्कुल विजयी भएको छ। त्यसतै छात्रा तर्फ दृतियमा कर्णाली माध्यमिक बिधालय जित्न सफल भएको छ भने तृतीय स्थानमा  माउन्ट शैपालले रहेको छ ।

खेल समापन तथा पुरसकार कार्यक्रम लाइ सम्बाेधन गदै खेलकुद प्रतियोगिताका प्रमुख रेफरि सिद्ध राज ठकुल्लाले  टीकापुर नगरपालिकाले खेलकुदमा पनि विशेष ध्यान दिनु पर्ने बताएका छन।रेफरि  ठकुल्लाले  भन्नु भयाे वार्षिक खेलकुद कार्यक्रम अन्त्रगत मेयर तथा उपमेयर कप आगामी दिनमा वार्षिक क्यालेन्डरमा समावेश गरिनु पर्ने मा जाेड दिनुभयाे ।

यसका साथै खेलकुद मात्रा खेलाउने हैन खेलहरू खेलाउनका लागि एउटा राम्रो खेलमैदान पनि ब्यावस्थापन हुनु पर्ने बताउनु भयाे। उहाँले हरेक वर्ष वीरेन्द्र खेल मैदानमा विभिन्न किसिमका खेलकुद कार्यक्रम आयोजना हुने तर खेलाडीहरू लाई बस्न तथा ड्रेश चेन्स गर्ने ठाउँ पनि नभएकाले केरा बालि तथा होस्टेल धाउनु परेको समेत गुनासाे गर्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित