शुभारम्भ अनलाइन टि.भी.

टीकापुरकाे खड्क चोकमा प्रजातन्त्र दिवस मनाइयाे

6
SHARES
42
VIEWS

टीकापुर, ०७ फागुन । ७३ औं प्रजातन्त्र दिवस आज देशभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ। काठमाडौंको टुँडिखेलमा ७३ औं प्रजातन्त्र मूल समारोह समितिले विशेष कार्यक्रम आयोजना गरेको छ।

त्यस्तै टीकापुरकाे खड्क चोकमा पनि नेपाली कांग्रेस तथा नेपाल विद्यार्थी संघका ले  एक कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाएको छ।
उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले नेपाली आन्दोलनको इतिहास र सहिद हरुले गरेको बलिदानिको उपलब्धि आजको दिन अर्थात प्रजातन्त्र दिवस भएको बताएका छन् ।

सिहदहरुकाे बलिदानिका खातिर   नेपालमा  प्रजातन्त्र आएकाे र विभिन्न ठाउँमा आफ्ना  मन्तब्य राख्न लाई खुला भएको पनि बताउनुभएको छ ।

प्राकृतिक स्रोत व्यवस्थापन कलेजका ईकाई कमिटी सभापति लोकराज उपाध्याय को सभापतित्वमा संचालन भएको उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका प्रभावशाली नेता नवराज रावल रहनुभएको थियो ।

साे कार्यक्रमका विशिष्ट अतिथि नेपाली काँग्रेसका क्षेत्रीय सभापति प्रकाश शाह, टिकापुर नगरपालिकाका कार्यपालिका सदस्य राम बहादुर नर्गाजी  अतिथिहरुमा प्रदेस क  कार्यसमिति सचिव भक्त राज देबकोटा  त्यस्तै टीकापुर नगर सभापति नरेश खत्री, मानबहादुर ठकुल्ला स‌गम शाह, झनकराज तिमिल्सिना लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित