टीकापुर ०५ फागुन । टीकापुर जेसिज हलमा भएको तिमिल्सिना समाजको चुनावी साधारण सभाबाट आगमी दुई वर्षका लागि १० सदस्यीय कार्यसमिति चयन भएको छ ।
समाजको नयाँ कार्यसमितिमा अध्यक्ष पुष्पराज उपाध्याय , उपाध्यक्ष यज्ञराज सिम्खाडा , महिला उपाध्यक्षमा रेस्मा तिमिल्सिना सचिव चक्र तिमिल्सिना , कोषाध्यक्ष शान्ति काफ्ले ( तिमिल्सिना ) सह सचिवमा छत्र उपाध्याय , सहकोषाध्यक्ष मनसरा तिमिल्सिना सदस्यहरुमा तपेन्द्र तिमिल्सिना सिद्धराज तिमिल्सिना , धर्मराज तिमिल्सिना , भावना तिमिल्सिना चयन हुनुभएको छ ।
लुम्बिनि प्रदेश संसद जन्मजय तिमिल्सिना प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा विशिष्ट अतिथि स्वामिनी निषेशानन्द माहाराज , तिमिल्सिना समाजका केन्द्रीय उपाध्यक्ष दुर्गा तिमिल्सिना लगायतका व्यक्तिहरुको रहनुभएको थियो भने उक्त कार्यक्रमको संचालन साधारण सभा संयोजक जनकराज तिमिल्सिनाले गर्नुभएको थियो ।

















Discussion about this post