शुभारम्भ अनलाइन टि.भी.

टीकापुर नगरपालिकाले सहिद बेपता तथा घाइते परिवारलाइ निःशुल्क स्वास्थ्य बीमा

11
SHARES
82
VIEWS

टीकापुर ०१ फागुन । २८ औं जनयुद्ध दिवसको अवसर पारेर आज फागुन १ गते टीकापुर नगरपालिकाले सहिद बेपत्ता तथा घाइते परिवारलाइ निःशुल्क स्वास्थ्य बीमा वितरण गरेको छ ।

नगरपालिकाले ५ लाख रकम विनियोजन गरेर आर्थिक वर्ष २०७९/८० सालका लागि ४५ घरपरिवारलाई निःशुल्क स्वास्थ्य बीमा प्रदान गरेको हो ।   नगरपालिकाको सभाहलमा आज एक कार्यक्रमकाबीच उक्त स्वास्थ्य बीमा कार्यक्रम टीकापुर नगरपालिकाका ४५  घर परिवारलाई हस्तान्तरण गरेको हो ।

उक्त कार्यक्रममा टीकापुर नगरपालिकाका  कार्यबाहग नगरप्रमुख खड्क बहादुर शाह ,वडा नं १ का  वडा अध्यक्ष महन बि क, वडा नं ७ का  वडा अध्यक्ष यज्ञ प्रसाद न्यौपाने, वडा नम्बर ८ का वडाध्यक्ष दीर्घ ठकुल्ला लगायतले आफ्नो भनाई राख्नुभएको थियो ।

त्यस्तै नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले स्वागत मन्तब्य राख्नु भएको उक्त कार्यक्रमको संचालन जनस्वास्थ्य का कर्मचारीको दलबहादुर बटालाले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित