शुभारम्भ अनलाइन टि.भी.

राजस्व असुलीमा टीकापुर नगरपालिकाको कडाई

10
SHARES
73
VIEWS

टीकापुर ,२९ माघ । टीकापुर नगरपालिकाको स्वामित्वमा रहेका विभिन्न सपिङ कम्प्लेक्सहरु काे घरबहाल बापतको रकम असुलीमा कडाई गर्न थालेको छ । टीकापुर नगरपालिकाकाे सपिङ कम्प्लेक्स भवनमा रहेका सम्पूर्ण पसलका ब्यापारी हरू लाइ आफुले कबुल गरेकाे रकम बरावरको बक्यौता बुझाउन भनि सूचना निकालेको छ।

उक्त सूचनामा भनिएको छ टीकापुर नगरपालिका भित्रका सम्पूर्ण आफ्ना भवनहरुमा रहेका सटरको भाडा टेन्डरकाे बेला कबुल गरेको रकम बराबरको पैसा बुझाउन व्यापारीलाई भनिएको छ  अहिलेसम्मकाे बक्यौता रकम चुक्ता गरेर  सम्झौता नवीकरण गर्न समेत भनिएको छ ।

टीकापुर नगरपालिका राजस्व शाखा अधिकृत दिला जोशीका अनुसार  महालेखा परीक्षकले दिएको सुझावलाई आधार मान्दै पुरानो कार्यपालिकाले गरेको राजस्व सम्बन्धी सटर भाडा समायोजनका लागि गरेको गलत निर्णय अहिलेको कार्यपालिकाले सच्याएको बताउनु भयो ।

उता व्यापारीहरुले भने टिकापुर नगरपालिका ले गरेको यो निर्णयप्रति आक्रोश व्यक्त गरिरहेका छन् अहिलेसम्मको  बक्यौता र बढी हुन आउने रकम तिर्दा आफू रोडमा जाने भनि  नगरपालिकाको भवन मा व्यापार गर्दै आउनुभएका व्यापारीहरूको गुनासो रहेकाे छ ।

व्यापारीहरुले हालसम्म नगरपालिकाका विभिन्न ५१ वटा सटरमा समायोजनपछिकाे रकम रु ७ हजार तिर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित