शुभारम्भ अनलाइन टि.भी.

विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा, महासचिवमा रन्जु दर्शना चयन

4
SHARES
27
VIEWS

विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् भने महासचिवमा रन्जु दर्शनालाई चयन गरिएको छ।

२ दिन देखि काठमाडौंमा जारी  पाटिकाे पहिलो महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गरिएको उपाध्यक्ष प्रकाशचन्द्र परियारले जानकारी दिए। ८ पदाधिकारीलाई सर्वसम्मत चयन गरिएको उनले बताए ।

उपाध्यक्षमा प्रकाशचन्द्र परियार,विमला अधिकारी र मिलन पाण्डे चयन भएका छन् भने सचिवमा पवित्रा थापा, विमल तामाङ चयन भएका छन्। यसैगरी कोषाध्यक्षमा दामोदर नेपाललाई चयन गरिएको छ।

पार्टीमा ६१ केन्द्रीय समिति सदस्य रहने उनले बताए। केन्द्रीय सदस्यलाई चुनावबाट छान्ने तयारी भइरहेको उनले जानकारी दिए।

साभार सेताेपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित