जोशीपुर, २७ माघ
कैलालीको मध्यवर्ती जोशीपुर गाउँपालिका वडा नं.–७ घैला बौनियाँस्थित रघुनाथ आदर्श बहुमुखी क्याम्पसको व्यवस्थापन समितिमा बीरबहादुर हमाल नेतृत्वको प्यानल शानदार मतका साथ विजयी भएको छ ।
शुक्रवार सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रको साझा गठवन्धनका तर्फबाट प्रत्यासी बनेका हमालको पुरै प्यानल आगामी तीन वर्षका लागि क्याम्पस व्यवस्थापन समितिको नेतृत्वमा निर्वाचित भएको हो ।
क्याम्पस प्रमुख एवं निर्वाचन संयोजक नृपबहादुर कुँवरले रेडियो नमस्तेलाई दिएको जानकारी अनुसार अध्यक्षमा हमाल १७१ मत ल्याइ विजयी भएका हुन् ।
काँग्रेस समर्थित हमालले आफ्ना प्रतिस्पर्धी एमाले र नागरिक उन्मुक्ति पार्टीको साझा गठवन्धनका उम्मेदवार गणेशप्रसाद शर्मा पाठकलाई ८१ मतान्तरमा पराजित गरेका हुन् भने पाठकले ९० मत ल्याएका थिए ।
त्यस्तै उपाध्यक्षमा माओवादी केन्द्र समर्थित कमला ज्ञवाली १५८ मत ल्याएर विजयी भएकीछिन् भने उनका प्रतिस्पर्धी रामकृष्ण चौधरीले ९६ मत मै चित्त बुझाउनु परेको छ ।

















Discussion about this post