टीकापुर, २७ माघ । सुदूरपश्चिम प्रदेश सरकारमा एकीकृत समाजवादी सहभागी भएको छ। बिहीवारको प्रदेश सभामा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नपाएपछि उनी पदमुक्त भएका थिए।
संविधानको धारा १६८ (२) अनुसार रावल नेतृत्वको सरकारले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ (३) अनुसार नयाँ सरकार गठन भएको हो। सबैभन्दा बढि सांसद सदस्य रहेको दलको हैसियतले कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह प्रदेश मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।
जम्मा ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा कुनै दलको पनि बहुमत प्रप्त हुन सकेकाे थिएन। निर्णायक भूमिकामा नागरिक उन्मुक्ति पार्टी रहेको छ। कांग्रेस १९, माओवादी ११, एमाले १०, नागरिक उन्मुक्ति ७, समाजवादी ४, राप्रपा १ र स्वतन्त्र १ सांसद छन्। बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक हुन्छ।
नवनियुक्त मुख्यमन्त्री शाहले आज (शुक्रबार) पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले शपथ लिएसँगै विस्तार गरेको मन्त्रिमण्डलमा एकीकृत समाजवादीबाट नरेश शाही मन्त्री बनेका छन्। उनलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएर संघीय सरकारमा पनि सहभागी नभएको एकीकृत समाजवादीले सुदूरपश्चिमबाट आफ्नो सत्ता
प्राप्ती सुरु गरेको छ।
मुख्यमन्त्री शाहीलाई एकीकृत समाजवादीले समर्थन गरेपनि उनले विश्वासको मत पाउन नागरिक उन्मुक्तिको समर्थन आवश्यक छ। नगरिकले उन्मुक्तिले शाह नेतृत्वको सरकारमा पनि सहभागी नहुने बताउँदै आएको छ।

















Discussion about this post