टीकापुर । नागरिक उन्मुक्ति पार्टीले सांसद अरुणकुमार चौधरीलाई रिहा गर्न २४ घण्टाको अल्टिमेटम दिएको छ।
बाँकेको चिसापानीबाट पक्राउ परेका प्रतिनिधि सभा सदस्य चौधरीको रिहा गर्न सरकारलाई पार्टीका प्रवक्ता दामोदर पण्डितले विज्ञप्ति जारी गर्दै २४ घण्टे अल्टिमेटम दिएका हुन्। पण्डितले जारी गरेको विज्ञप्तिमा २४ घण्टाभित्र रिहा नगरे त्यसपछि घट्ने घटनाको दोषी सरकार र सम्बन्धित निकाय हुने चेतावनी दिइएको छ।

२०७० वैशाख ९ मा जिल्ला अदालत कैलालीका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासबाट फैसलामा चौधरीलाई दोसी ठहर गरिएको थियो। अरुणले २०६६ भदौ ३ गते लु. २ त. २११ नम्बरको को ट्याक्टर जलाएको पुष्टि भएको थियो। साजन चौधरीले ट्याक्टर चलाएर ढुङ्गा लिन चिसापानीमा रहेको गोराङ्गा खोलामा गएका थिए। उनीहरूले ढुङ्गा लोड गरेर लम्कीतर्फ आउने क्रममा साँझतिर साविकको बलिया–८ धोबेनी खोला स्थित सडकमा १० जना जतिले नियन्त्रणमा लिएर ट्याक्टरमा आगो लगाइदिएका थिए। उनी २०६६ सालमा जाहेरी दर्ता भएदेखि नै फरार छन्। अभियोग पत्र दर्ता भएपछि पनि उनी अदालतमा हाजिर भएनन्। कैद सजाय र जरिवाना तोकिदा समेत उनको खोजी भएन।

















Discussion about this post