- घोडाघोडी, पुष १ शुक्रबार २०७९ /
घोडाघोडी मा मंसिर २९ बिहिबार, श्री मोहनी आधारभूत विद्यालयको सामाजिक सुरक्षा परीक्षण को सार्वजनिक सुनुवाई संयोजक तथा शिक्षक व्यवस्थापनका महिला अध्यक्ष समेत रहनुभएका श्री नन्दा रसाइली को अध्यक्षता मा सुसम्पन्न भएको थियो।
उक्त कार्यक्रमका प्रमुख अथिति घोडाघोडी नगरपालिका का शिक्षा शाखा प्रमुख उमेश राज रेग्मी , विशिष्ट अथिति घोडाघोडी नगरपालिका वडा नं ८ का वडा सदस्य लालबहादुर चौधरी साथै सामुदायिक वनका अध्यक्ष कर्णबहादुर रसाइली, विधालय व्यवस्थापनका सदस्य गणेश बुढा र बुद्धिजिबी समाजसेवि पत्रकार लगायतका व्यक्तिहरुको उपस्थिति भएको थियो।
भने , उक्त कार्यक्रम संचालन श्री मोहनी आधारभुत बिधालय का शिक्षक चेतन बोहोरा ले गरेका थिए । भने आ.व.२०७९/०८० को सामाजिक सुरक्षा परीक्षण सुनुवाई उक्त विधालयका प्राधानाध्यापक चक्र बहादुर नेपाली ले गरेका थिए।
उक्त कार्यक्रममा आफ्नो स्वागत मन्तव्यमा बोल्दै शिक्षिका चन्द्रा कुमारी चुहान ले उपस्थित सम्पूर्ण अविभावक ज्युहरु तथा अथिति ज्यु हरुलाइ स्वागत गरेकि हुन् ।
उक्त कार्यक्रममा अथिति को रुपमा उपस्थित हुनुभएको समाजसेवि बुद्धिजिबी र विकासप्रेमी समेत रहनुभएका व्यक्ति रोशन रसाइलीले आफ्नो मनतव्यमा बोल्दै यस वडा नं ८ तिलकनगर गाउँ मा सामाजिक सदभाव खलबलिएको छ यसलाइ कुनै पनि हालतमा सामजिक सदभावना कायम राख्न अपरिहार्य रहेको सुझाव दिदै श्री मोहनी आधारभूत विद्यालय जुनरुपमा २०७५ सालभन्दा अगाडि कक्षा ८ सम्म संचालन भैरहेको तर यसलाई राजनीतिक माहोलमा तह मिलान गरि ५ कलास सम्म घटाएको यथार्थ हो ।
करिब दुई किलोमिटर टाढाको दुरिमा रहेको राष्ट्रिय मा.वि विधालय तारानगर मा एउटै क्लासका विधार्थी समुह ए.बि.सि. गरि कक्षाकोठा बिभाजन गरिएको छ । विधार्थी को संख्या बढि भएको परिणामले शैक्षिक गुणस्तरमा ठुलो असर परिरहेको छ भनि दाबी गर्नुभएको थियो ।
यहाँ बाट साना बालबालिकालाई टाढा को स्कुल मा जान निकै कठिनाइ भइरहेको हुँदा, स्थानीय अविभावक , बुद्धिजिवि समाजसेवि, शिक्षक , युवा तथा पत्रकार हरुको विशेष पहल मा तह बढाउने प्रक्रिया लाइ सहजिकरण गर्ने र बिसेष पहल गर्न हाम्रो दायित्व हो भनि, सुझाव समेत गर्नुभएको थियो।
- थप जोड दिदै, विधालय व्यवस्थापन समिति को जिम्मेवारीमा अति कम्जोर देखिएको र शैक्षिक गुणस्तर खस्किएको छ, यसलाइ कुनै पनि हालतमा सुधार गर्न सरोकारवाला हरुलाइ खबरदारी समेत गर्नुभएको थियो ।



















Discussion about this post