मंसिर २९, बुधवार २०७९ घोडाघोडी, प्रकाशित रोशन रसाईली ,
घोडाघोडी नगरपालिका मा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम बैदेशिक रोजगार मा गएका परिवार का सदस्यहरूका लागि वित्तीय साक्षरता तथा मनोसामाजिक कक्षा सञ्चालन गर्न को लागि घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर राउतको अध्यक्षतामा ५,७,८ र ११ नम्बर वडामा कार्यपालिकाको बैठकबाट सञ्चालनमा आएको छ ।
उक्त कार्यक्रम घोडाघोडी नगरपालिका वडा नम्बर ८ मा अध्यक्ष बिर बहादुर साउद को अध्यक्षतामा तालिम सञ्चालनमा आइरहेको छ ।
उक्त तालिम सुरक्षित आप्रवासन (सामी) कार्यक्रम नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकार को नेतृत्व मा स्विस सरकार विकास सहयोग एसडीसीको तर्फबाट हेल्भेटास नेपाल सरकारले प्राविधिक उपलब्ध गराइएको छ।
उक्त कार्यक्रम वित्तिय साक्षरताको सहकर्ताका रुपमा रहनुभएका विष्णु चौधरी ले शुभआरम्भ अनलाइन टी.भि सँग कुराकानी गर्दै, यस सुरक्षित आप्रवासन सामी कार्यक्रम मा बैदेशिक रोजगारमा गएका परिवाका सदस्य तथा महिला सदस्यहरुलाई वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श तालिम दिइरहेको बताउनुभयो।
र उक्त कार्यक्रम नेपालको ७ तै वटा प्रदेशको ३८ जिल्ला र १५६ स्थानीय तहमा संचालित छ ,। सुदुरपश्चिम पश्चिम प्रदेश को कैलाली अन्तगर्त धनगढी उपमहानगरपालिका , टीकापुर नगरपालिका, जानकी गाउँपालिका र घोडाघोडी नगरपालिका मा सुरक्षित आप्रवासन सामी कार्यक्रम को तालिम एकै साथ संचालन मा आएको भनि बताउनुभयो छ। साथै मंसिर २१ गते देखी , हप्ताको बुधवार १ दिन ६ महिना सम्म निरन्तर संचालन हुने बताएका छन् ।

यस सामी कार्यक्रमले वैदेशिक रोजगारीलाई सुरक्षित मर्यादित व्यवस्थित र उपलब्धिमूलक बनाउने लक्ष्य लिएको छ वैदेशिक रोजगारीबाट प्राप्त हुने प्रतिफल लाई बढाउनु र सामाजिक लागतलाई घटाउन तिनै तहका सरकारहरूको संयुक्त प्रयासमा मुख्य गरी ५ वटा क्षेत्रमा काम गर्दै आएको छ । जसमा १)सूचनामा पहुँच, २)न्यायमा पहुँच, ३)सिपमा पहुँच, ४)वित्तीय साक्षरता र ५) मनोसामाजिक परामर्श कार्यक्रम रहेका छन् । बित्तिय साक्षरता सामी भागमा डिप्रोक्स नेपालले प्राविधिक सहयोग उपलब्ध गराएको छ भने, त्यसैगरी मनोसामाजिक परामर्शमा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र ( सि.एम.सी नेपाल) प्राविधिक सहयोग उपलब्ध गराएको।
आफ्नो परिवारको आर्थिक अवस्थालाई बलियो बनाउन तथा जिविकोपार्जन लाई सजिलो बनाउन तपाईंहरुका परिवारका सदस्यहरु वैदेशिक रोजगारमा हुनुहुन्छ वैदेशिक रोजगारलाई सकेसम्म व्यवस्थित बनाउने र वैदेशिक रोजगारबाट प्राप्त हुने आम्दानी वा बिप्रेशण लाई सकेसम्म उपलब्धी र व्यवस्थित र उत्पादनमुखी बनाउन आजको आवश्यकता हो । वित्तीय स्रोतको व्यवस्थापनका लागि उचित निर्णय लिनको लागि वैदेशिक रोजगारबाट विप्रेषण प्राप्त गर्ने घर परिवार लाई सक्षम बनाउनु हाम्रो मुख्य उद्देश्य हो भनी चौधरीले बताउनुभयो ।
र सहभागी महिलाहरुले पनि निकै खुसीका साथ आफुले सुरक्षा आप्रवासन तालिम मार्फत असल परामर्श पाएका प्रतीक्रिया दिदै वैदेशिक रोजगारमा जानु भएका हाम्रा श्रीमानहरु को मेहनतलाई कदर गर्दै उहाँहरुले पठाउनुभएको रकमलाई सुरक्षित व्यवस्थित ढंगले प्रयोग गर्ने फजुल खर्च नगर्ने भन्ने कुरा सिकेका छौं र यसलाई हामी आजकै दिनबाट जिवनमा सुरुवात गर्ने छौं भनि, प्रतिवद्धता गरेका छन् ।



















Discussion about this post