शुभारम्भ अनलाइन टि.भी.

चम्पावती जलविद्युतको कार्यालयमा किसानहरूले गरे आगजनी

5
SHARES
33
VIEWS

प्रकाशित : , २५ मंसिर , २०७९, आइतबार

तस्बिर स्रोत: प्रकाश न्यौपानेको फेसबुकबाट

 

गोरखा र लम्जुङको सीमा भई बगेको चेपे नदीमा निर्माणाधीन ७ मेगावाट क्षमताको चम्पादेवी जलविद्युत आयोजनाको कार्यालय स्थानीय किसानहरूले तोडफोड गरेका छन्।

गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर २ मा रहेको आयोजनाको कार्यालयमा किसानहरूले तोडफोड र आगजनी गरेको गोरखा प्रहरीले जनाएको छ।

आयोजनामा पानी लैजादा आफूहरूको खेतमा सिँचाइ गर्न नपाइने भन्दै किसानहरू आन्दोलित भएका हुन्।

स्थानीय राइनासटार सिँचाइको नहरबाट पानी नलैजाने हो भने करिब १२ सय हेक्टर खेत सुख्खा लाग्ने किसानहरूको भनाइ छ।

राइनासटार सिँचाइको बाँधभन्दा माथि नै आयोजनाको पानीको निकास गरिनुपर्ने माग किसानहरूको छ। तर बाँधभन्दा करिब २ सय मिटर तल आयोजनाको पानीको निकास हुने भन्दै किसानहरू आन्दोलित छन्।

तर आयोजनाले भने राइनासटार सिँचाइभन्दा माथि नै पानीको निकास गरिने हुँदा खेत सिँचाइमा प्रभाव नपर्ने बताइरहेको छ। तोडफोडबाट करिब एक करोडको क्षति भएको आयोजनाले जनाएको छ।

२०४९ सालदेखि राइनासटार नहरबाट यहाँका खेतमा सिँचाइ हुँदै आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित