टीकापुर, मंसिर २०, मंगलबार ,
टीकापुर नगरपालिकाको क्षेत्रभित्र रहेका अबैधानिक रुपमा अतिक्रमण गरि बनाइएको घर टहरा तथा जग्गा लाइ डोजर लगाएर हटाउने काम टीकापुर नगरपालिका वडा नं ४ बाट मेयर रामलाल डगौरा थारु को नेतृत्व मा मंगलबार देखि सुरु गरेको थियो ।
टीकापुर नगरपालिका का नगर प्रमुख रामलाल डगौरा थारुको नेतृत्वमा नगरसभाको बैठक को निणर्य अनुसार अबैधानिक रुपमा अतिक्रमण गरि बनाइएको घर टहरा तथा जग्गा कुनै पनि हालतमा खालि गर्न गराउन ३५ दिने सुचना निकाले को थियो।
उक्त ३५ दिने सुचना लाइ लापरबाही वा अटेरी गरेपछि मेयर रामलाल डगौरा थारुले कडारुपमा आफ्नो टीम सहित डोजर लिएर अबैधानिक रुपमा अतिक्रमण गरि बनाइएको घर टहरा तथा जग्गा लाइ भत्काएका थिए।

भने, किन रोकिए मेयर रामलाल डगौरा थारु डोजर चलाउने काममा ? के राजनितिक दबाब आएको हो त ? के मेयर पैसा र पहुँच भएका व्यक्तिहरुसँग डराएका हुन त ? किन दुई वटा घरका संरचना मात्र भत्काएर फर्किए ? किन निरन्तरता दिएनन् अबैध रुपमा अतिक्रमण गरि बनाइएको जग्गा लाइ फिर्ता ल्याउने काममा ? यि बिभिन्न किसिमका प्रश्नहरु आमरुपमा उठिरहेका छन् ।
स्थानीय पिडितहरुले आक्रोसित रुपमा बोल्दै, हामि छोड्न तयार छौ, तर, टीकापुर नगरपालिकाले वडा नं. १ बाट डोजर चलाउने काम शुरू गर्नुपर्छ । होइन भने, हामिलाइ मात्र किन पक्षपात गर्यो टीकापुर नगरपालिका ले ? किन पहाडि समुदायका घर मात्रै भत्कायो र यस्तो प्रकारको पक्षपात काम ले जातिय द्वन्द्व सिर्जना हुने सम्भावना देखिन्छ भन्दै स्थानीय पिडितहरुले नगरपालिका प्रति आक्रोश पोखेका छन् ।
उक्त कार्य वडा नं ४ का वडा अध्यक्ष लालविर चौधरीले नापी विभागले दिएको नक्सा देखाउदै हामिले नक्सा अनुसार काम गरेका छौँ भन्दै दाबि गर्नुभएको थियो।
र हामी ले पटक पटक सुचना दिदा पनि नमाने पछि अन्तिम अवस्थामा डोजर लगाएर हटाउन बाध्य भएका हौ भनि बताएका थिए ।
प्रकाशित ः रोशन रसाईली



















Discussion about this post