शुभारम्भ अनलाइन टि.भी.

टीकापुर, जेसिज साप्ताह २०७९ कार्यक्रम मंसिर १७ देखि २३ गते सम्म जनचेतनामुलक कार्यक्रम भइरहेको छ ।

7
SHARES
50
VIEWS

टीकापुर, २० मंसिर २०७९ ,

टीकापुर, जेसिज साप्ताह २०७९ कार्यक्रम मंसिर १७ देखि २३ गते सम्म जनचेतनामुलक कार्यक्रम भइरहेको छ ।

म‍मंगलबार तेस्रो दिन ट्राफिक सचेतना कार्यक्रम टीकापुर जेसिज वर्ष २०७९ का संयोजक जेसि लछ्मण वि.क को सभापतित्वमा टीकापुर नगरपालिका वडा नं १ खड्ग चोक मा सम्पन्न भएको थियो । भने प्रमुख अतिथि सुदुरपश्चिम पत्रकार महासंघ का अध्यक्ष योगेश रावल र विशिष्ट अतिथि अस्थायी ट्राफिक पोस्ट प्रमुख जित बहादुर देउवा लगायत का व्यक्ति हरुको उपस्थित भएको थियो।

उक्त कार्यक्रमका विशिष्ट अथिति समेत रहनुभएका ट्राफिक प्रहरी प्रमुख देउवाले आफ्नो मनतव्यमा बोल्दै जथाभावी सवारी साधन नचलाऔ र मादकपदार्थ सेवन गरेर सवारी साधन नचलाऔ साथै बाटो काट्दा ट्राफिक नियमको पालना गरौं , दुर्घटना हुनबाट अरुलाई पनि बचाऔ र आफुलाई पनि बचाऔं जस्ता ट्राफिक नियम सम्बन्धी जानकारी गराउनु भएको थियो।

उक्त कार्यक्रमको शुभारम्भ मंसिर १७ गते टीकापुरको खड्ग चोक मा हाफ म्याराथन दौड प्रतियोगिता खेलकुद संयोजक जेसि चक्र चन्द्र सोडारी को अध्यक्षता मा गरिएको थियो भने ।
१८ गते रेडक्रस टीकापुर अस्पतालमा स्वास्थ्य संयोजक जेसि पदम बहादुर शाहि को अध्यक्षता मा बृहत रक्तदान कार्यक्रम गरिएको थियो।
साथै १९ गते , सर्प बाट बच्न सचेतना कार्यक्रम टीकापुर बहुमुखी क्याम्पस मा व्यपारि वर्ष २०२२ संयोजक जेसि शंकर बोगटी को अध्यक्षता मा गरिएको थियो।

उक्त कार्यक्रम निरन्तर रूपमा २३ गते सम्म सामाजिक जनचेतनामुलक सन्देश दिदै अगाडि बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित