शुभारम्भ अनलाइन टि.भी.

रेखा थापाले निर्वाचनमा पराजित भएपछि लेखिन् यस्तो स्टाटस् .

9
SHARES
66
VIEWS
?????????????????????????????????????????????????????????

टीकापुर १० मंसिर २०७९ । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएकी अभिनेत्री रेखा थापाले उम्मेदवार भएपछि जित्नुपर्छ भन्ने लाग्नु स्वभाविक रहेको बताएकी छिन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार रहेकी थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै विजयी भएका कांग्रेसका सुनिल शर्मा बधाई र सम्पूर्ण मतदाताहरुलाई धन्यवाद पनि दिएकी छिन् ।

उनले लेखेकी छिन् ‘मोरङ क्षेत्र नम्बर ३ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार कांग्रेसका उम्मेदवार सुनिल शर्मा विजयी हुनुभएको छ । उहाँलाई जितका लागि बधाई र शुभकामना दिन्छु । यो क्षेत्रका नागरिकका सुःख-दुःखमा उहाँ सँधै साथ हुनुहुनेछ भन्ने विश्वास गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित