कोभिडको पहिलो लकडाउन जारी थियो । सबैलाई फुर्सदै फुर्सद थियो । त्यही फुर्सद र छटपटीका बेला पोडकास्टर बनिटोपलेर दाइ इन्द्र र म भरतपुरस्थित लेखक सरिता तिवारीको घरमा पुगेका थियौं ।
४० मिनेट लामो कुराकानीमा तत्कालीन परिस्थिति बारे तिवारीको सटिक विश्लेषण थियोः अवस्था जति सुकै कठिन वा प्रतिकूल भए पनि परिवर्तन र प्रतिरोध अवश्यम्भावी छ, तर ठूला राजनीतिक पार्टीहरू यस्तै कुकृत्यमा लागिरहने हो भने अबको परिवर्तन उनीहरूकै नेतृत्वमा हुन्छ र राम्रैका लागि हुन्छ भन्ने छैन । यदि कुनै संगठन नै आयो र अहिलेको विश्रृङ्खलित खालको विद्रोहलाई एउटा श्रृङ्खलामा ल्याइदियो भने उसले कुनै पनि बेलामा परिस्थितिलाई आफ्नो पक्षमा पार्न सक्ने सम्भावना छ ।
सुन्नुहोस् पोडकास्ट




















Discussion about this post