शुभारम्भ अनलाइन टि.भी.

तेह्रथुमको आङ्दिममा पुन: मतदान हुने

4
SHARES
29
VIEWS

मंसिर ६ ,तेह्रथुम / तेह्रथुमको एउटा मतदान केन्द्रमा पुन : मतदान हुने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपेटिकामा प्रतिनिधिसभाकै मतपत्र बाट मतदान भएको पाइएपछि पुन: मतदान गर्न लागिएको हो ।

तेह्रथुमको सदरमुकाम म्याङलुङको सिंहवाहिनी माविमा मतपेटिका राखेको कोठाको चाबीमा गरिएको लाहाछाप ।

छथर गाउँपालिका–१, आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा आइतबार भएको प्रत्यक्षतर्फको मतदान रद्द गरी मंगलबार पुन: मतदान गराउन माग गर्दै मुख्य निर्वाचन अधिकृत प्रमेश पोखरेलले निर्वाचन आयोग समक्ष सिफासीस पठाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार बिहान जिल्लाका राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र सरोकारवालासँगको छलफल र सहमतिपछि मंगलबार पुन: मतदान गराउने निर्णय गरी निर्वाचन आयोगमा लेखी पठाएको हो । तर निर्वाचन आयोग बाट अपरान्ह २ : ३० बजेसम्म कुनै जानकारी नै नदिएको प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद आर्यालले बताए ।

निर्वाचन आयोगबाट कुनै जानकारी नआएकाले मतदान कहिले हुन्न भन्ने एकीन नभएको प्रजिअ आर्यालले बताए । सो मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रदेशसभा सदस्यको मतपत्र दिनुपर्नेमा प्रतिनिधिसभाकै मतपत्र दिएको खुलेको छ ।

मतदान केन्द्रको मुचुल्काका आधारमा यहाँ ४३ जनाले दोहोरो मतदान गरेको देखिएको छ । मुख्य निर्वाचन अधिकृत पोखरेलले सर्वदलीय, सर्वपक्षीय बैठकले बढी संख्यामा भएको मतपत्र संख्या समेत यकिन गरी गणना गर्न नसकिने निष्कर्ष निकाल्दै पुन:मतदान गर्न माग गरेको र सो निर्णय बमोजिम आयोगमा लेखी पठाएको बताएका छन् । सो केन्द्रमा ८ सय ४४ मतदाता थिए । त्यसमध्ये आइतबार ४ सय ५६ जनाले मतदान गरेका थिए । सो मतदान केन्द्रमा बृहस्पति गौतम मतदान अधिकृतको रुपमा खटिएका थिए ।

प्रदेशसभा सदस्य पदको भनेर कर्मचारीले मतदातालाई दिएको मत पत्र प्रतिनिधिसभा तर्फको परेको बारे तत्कालीन समयमै मुख्य निर्वाचन अधिकृत समेतको टोलीलाई जानकारी भएको थियो । त्यस बखत विवाद नभएको तर मत गणना पूर्व मुख्य निर्वाचन अधिकृतको कार्यालयले आह्वान गरेको सर्वदलीय बैठकमा विवाद उठेको थियो ।

मतदानकै समयमा जानकारी हुँदा हुँदै पनि समस्या समाधान प्रति चासो नदेखाउँदा समस्या निम्तिएको उम्मेदवारहरुको भनाई छ । सो मतदान केन्द्रमा खटिएका कर्मचारीको लापरबाहीका कारण मतदातादेखि उम्मेदवार, राजनीतिक दल, सुरक्षा निकाय, कर्मचारी लगायत सबैले सास्ती पाएको प्रजिअ अर्यालले बताए । प्रतिनिधीसभा सदस्य तर्फको मत पेटिकामा प्रदेशसभा सदस्य पदको ४३ वटा मतपत्र बढी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मत गणनाका लागि सदरमुकाम भित्रिएका राजनीतिक दलका नेता र तीनका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरु पुन : मतगणना हुने स्थल आङदिमतर्फ लागेका छन् । अघिल्लो स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनलाई पछि पार्दै गाउँपालिकासहित वडामा समेत नेकपा एमाले विजयी भएको थियो ।

गणनाका लागि सदरमुकाम ल्याईएका मत पेटिकालाई मत गणना स्थल सिंहबाहिनी माविको कक्षा कोठामा कडा सुरक्षाबीच राखिएको छ । मत पेटिका राखेर चाबी लगाईएका कोठामा उम्मेदवार, उनीहरुका प्रतिनिधि र दलका प्रतिनिधि समेतको रोहबरमा तालामा लाहाछाप गरी राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित