शुभारम्भ अनलाइन टि.भी.

निर्वाचन बहिस्कार गर्ने नेकपा मशालका कार्यकर्ता पक्राउ

23
VIEWS

बागलुङ — मोहनबिक्रम सिंह नेतृत्वको नेकपा मसालबाट फुटेर बनेको ‘नेकपा मशाल’का कार्यकर्ता बागलुङमा पक्राउ परेका छन् । निर्वाचन बहिस्कार गर्न हिँडेका मशालका पोलिटब्युरो सदस्य कृष्णराज पौडेलसहित १२ जना कार्यकर्ता पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख दयानीधि ज्ञवालीले निर्वाचन विरोधी गतिविधि गर्नेहरू पक्राउ परेको बताए । ‘कुन दलका कार्यकर्ता भन्ने हामीलाई थाहा हुँदैन, तर विरोधी गतिविधि गरेकाहरू पक्राउ परेका छन्,’ ज्ञवालीले भने, ‘निर्वाचन बहिस्कार गर्न उक्साहट गरेको थाहा पाएपछि पक्राउ गरिएको हो ।’

सिंह नेतृत्वको मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चा हो । राजमो अध्यक्ष चित्रबहादुर केसी बागलुङ निर्वाचन क्षेत्र नंं १ बाट प्रतिनिधिसभा सदस्यका उमेदवार हुन् । उनी सत्ता गठबन्धनका साझा उमेदवारसमेत हुन् ।

पक्राउ पर्नेमा पौडेलसहित अखिल भारत नेपाली एकता समाजका अध्यक्ष देवबहादुर लामिछाने, नेकपा मशाल बागलुङका सचिव नारायण सापकोटा, पवक्ता रेशम गिरि, रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय उपाध्यक्ष दलबहादुर बिक, सूर्य थापा, बिक्रम थापा, सागर कुँवर, आकास गौतम, विनोद विष्ट, रमाकान्त शर्मा र यमप्रसाद शर्मा छन् ।

बागलुङको कुश्मीसेरामा पौडेलले मन्तव्य राख्दै बहिस्कार गर्न आह्वान गरिरहेको बेला उनीहरु पक्राउ परेको प्रहरीले बतायो । उनीहरुलाई कुश्मीसेरा प्रहरी चौकीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित