आज मिति 2079/07/18 गते यस घोडाघोडी नगरपालिका वडा नं 8 कल्जुगि तारानगर मा यस जन विश्वास कृषि सहकारी संस्था लि को दोस्रो साधारणसभाका कार्यक्रम सञ्चालक रोशन रसाइली , यस सभा सभा अध्यक्ष धनबहादुर विस्वकर्मा , प्रमुख अथिति घो.न.पा. का नगर प्रमुख खडक बहादुर रावत , विशिष्ट अथिति परदेश शभा सदस्य अम्मर साउद , अथिति लाल बहादुर भण्डारी लगायत १०८ को उपस्थित मा दोस्रो साधारणसभाका भव्यताकासाथ सुसम्पन्न भएको छ।

यस सहकारी सस्थाले यहाँका सम्पुणर् किसान , व्यापारी , व्यवसायीहरु , बुद्धिजिवी , समाजसेवी , शिक्षकहरु , युवाहरु र महिलाहरु तथा जनप्रतीनिधी ज्युहरु सँग आपसी परामर्श गर्दै र शेयर सदस्यहअरु बिच “एकका लागी सबै, सबैका लागी एक ” भन्ने मुल नाराका शाथमा कृषी व्यवसायी लाई प्रमुख आधार बनाई बचत तथा ऋण कारोबार गरी सक्रियताका शाथ काम गर्दै अगाडी बढिरहेको छ ।
दर्ता हुँदाका बखत ४१ जना शेयर सदस्यहरु को रु ८२०००। शेयर पुजीँ र नियमिती बचत रु ५०। गरी जम्मा रु १५०,०००। को कारोबारबाट सुरुवात गरी यस संस्थाले हाल दोस्रो वर्ष पुरा गर्दा १४३ जना शेयर सदस्यहरु रहेका छन् । यस संस्थाले हाल रु ६,००,०००।। छ लाखको कारोबार गर्दै आईरहेका छ । र यस सहकारी संस्थाको कार्यक्षेत्र घोडाघोडी नगरपालिका वडा नं. ०८ र ६ वडामा रहेको छ ।
यस सहकारी संस्था दर्ता गर्दाका बखत थुप्रै अप्ठयारा चुनौतीहरु लाई सामना गर्दै र विभिन्न प्रयासहरु लाई र हरेक व्यक्तीहरुको राम्रा सल्लाह सुझावहरु लाई आत्मा साथ गरी र विशेष यहाँका कृषकहरु , व्यवसायी विभिन्न पेशामा आबद्ध भएका तर आर्थिक समुन्तीशिल नरहेका व्यक्तीहरुको आवश्यक्तालाई बोध गरी सहकारीयता को माध्यामबाट आर्थिक रुपमा सबल र सक्षम बनाउन र विभिन्न रोजगारका सम्भावनाहरुका अवसररु सिर्जना गर्न र आत्मानिर्भर गराउन विभिन्न पहलहरु गर्दै आएका छ । अध्यक्ष धनबहादुर विस्वकर्मा काे पुस्टी ।
अध्यक्ष धनबहादुर विस्वकर्मा हात बाट ज्ञापन पत्र हस्तान्तरण ।।।।

यहाँका किसान, उद्यमी, व्यवसायी, तथा विभिन्न पेसा मा आवद्ध भएका व्यक्तीहरुको आवश्यक्ता लाई विशेष मध्यनजर गरी, यस कृषी सहकारी संस्था मार्फत उनिहरुलाई आर्थिक रुपमा सक्षम र सबल बनाउन अपरिहार्य देखिन्छ । र यस क्षत्रका किसानहरु लाई कृषी व्यवसाय लाई उत्पादनमुखी, व्यवसायीकरण, आधुनीकीकरण र बजारीकरण गराउन तथा विभिन्न रोजगारका अवसरहरु, र आर्थिक रुपमा सक्षम र आत्मानिर्भर बनाउन स्थानीय सरकार ले कृषीमा अनुदान तथा पशुपालनमा अनुदान, तरकारी खेती मा अनुदान , फुल खेतीमा अनुदान र विभिन्न उत्पादनमुखी तालिममा अनुदान जस्ता कार्यक्रमहरु उपलब्ध गराईयोस साथै स्थानिय सरकारले प्रदेश सरकार र केन्द्र सरकार सँग सहकार्य गरी सहुलियत कर्जा जस्ता कार्यक्रमहरु उपलब्ध गराईयोस भनी यो ज्ञापन पत्र हस्तान्तरण गर्दछौ ।
तपशील
१) यस कृषी सहकारी संस्थामा, केन्द्र सरकार, प्रदेश सरकार , र स्थानीया सरकार बाट दने विभिन्न शिर्षकमा कृषी अनुदान प्राप्त गर्न सकिने वातावरण गराइयोस भनी माग गर्दछौ ।
२) यस कृषी सहकारी संस्थामा सहुलियत व्याज दारमा कर्जा उपलब्ध गर्न सकिने व्यवस्था मिलाईयोस भनी माग गर्दछौ ।
३) यस कृषी सहकारी संस्थामा मल विउ बिजन आदि खरिद विक्री गर्ने सक्ने अनुमती प्रदान गरियोस भनी माग गर्दछौ ।
४) सम्पुणर् यस क्षेत्र भित्र रहेका कृषी सहकारी संस्थाहरुलाई विशेष ज्ञान, तालिम तथा प्रर्वद्धन गर्न को लागी अनुदानको व्यवस्था गरियोस भनी माग गर्दछौ ।
घोडाघोडी नगरपालीका का नगर प्रमुख खडक बहादुर रावत ले यस कृषी सहकारी संस्था का लागी जे जती आवश्वक पर्ने भौतीक सामग्री उपलब्ध गराउने साथै यस सहकारी लाई माथी उठाउन विशेष पहल गर्ने प्रती बद्धता जनाएका छन् ।खासगरी नेपाल को २०६२, ०६३ को जन आन्दोलन पछी यो मुलुक को आर्थीक परिवर्तन , आर्थिक रुपान्तरण र यो मुलुकको बेरोजगारी र गरीबी लाई अन्त्य गर्ने आधार भनेको सहकारी क्षेत्र पनी हो संविधान ले नै यो मुलुकका हरेक नगरीकका आर्थिक रुपान्तरण र परिबर्तन का लागी सार्वजनिक संस्था, निजी संस्था र सहकारी सस्था मार्फत गर्न सकिन्छ भन्ने संवैधानीक व्यवस्था छ । भनेर दाबी गर्नुभयकाे छ ।




















Discussion about this post