शुभारम्भ अनलाइन टि.भी.

बर्दियामा पाटे बाघ मृत भेटियो आखिर कसरी

11
SHARES
80
VIEWS
मधुवन नगरपालिका वडा नं. ८ गणेश शिव दुर्गा सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेको पोथी वयस्क पाटे बाघ । तस्बिरः हरि गुरुङ्ग, रासस

२६ कात्तिक, बर्दिया । बर्दियाको मधुवन नगरपालिका-८ स्थित गणेशशिव सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार आज बिहान बाघ मृत फेला परेको हो ।

मृतावस्थामा फेला परेकाले उक्त बाघ एक दिन अगाडि नै मरेको हुनसक्ने वन कार्यालयले बताएको छ । जङ्गल हेरालुले मृतावस्थामा देखेपछि डिभिजन वन कार्यालयलाई खबर गरेको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिए ।

बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया ल्याइएको छ । बाघको मृत्युको कारण खुल्न बाँकी छ ।

मधुवन नगरपालिका वडा नं. ८ गणेश शिव दुर्गा सामुदायिक वनमा शनिबार मृत अवस्थामा फेला परेको पोथी वयस्क पाटे बाघ । तस्बिरः हरि गुरुङ्ग, रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित