काठमाडौं । रोचक ब्लाइण्ड अडिसन र ब्याटल राउन्डपछि द भ्वाइसको अमेरिकी संस्करणमा नकआउट प्रतिस्पर्धा सुरु भएको छ ।
नेपाली मूलकी किशोरी परिजिता बाँस्तोलाको सहभागिताले द भ्वाइसमा रौनकता मात्र थपेको छैन, उनलाई लिएर नेपालसहित डायस्पोरामा आकर्षण र चासो छ ।
कोच जोन लिजेन्डको तर्फबाट मंगलबार बिहान भएको नकआउट प्रतिस्पर्धामा परिजितासहित भालारी हार्डिङ्स र पिटन एल्डिरिजबीच कम्पिटिसन भएको थियो । तर जोन लिजेन्डले परिजितालाई विजेता घोषणा गरे ।
त्यति मात्र हैन, परिजिताले नकआउट प्रिमियरलाई आफूतिर आकर्षित पारिन् । नेपाली परम्परागत कुर्था पहिरन लगाएर मञ्चमा उक्लिएकी परिजिताले उक्त गीत छनोट गरेर रिहर्सलमा कोच लिजेन्डलाई प्रभावित तुल्याएकी थिइन् ।
परिजिता नकआउट विजेता भएपछि उनले गाएको भिडियोलाई ट्वीट गर्दै कोच लिजेन्डले अविश्वसनीय भन्दै प्रशंसा गरेका छन् । ‘१७ वर्ष । के तपाईंहरु सबैले यो गीत सुन्नुभएको थियो ? वास्तवमै अविश्वसनीय परिजिता,’ लिजेन्ड लेख्छन् ।

















Discussion about this post