शुभारम्भ अनलाइन टि.भी.

टीकापुर पार्कमा पर्याटककाे संख्या बढ्दै

14
SHARES
102
VIEWS

टीकापुर १३ कार्तिक/ नेपालीहरूको दोस्रो महान पर्व दिपावली सकिए लगत्तै टीकापुर पार्कमा आन्तरिक पर्यटकको संख्या बढेको छ । विशेष गरी नयाँ वर्ष दशै तिहार लगाएताका अन्य चाडपर्वमा आन्तरिक पर्यटकको चाप बढ्ने टीकापुर पार्कमा यसपाली तिहार सकिए लगतै आन्तरिक पर्यटक तथा पिकनिक आउने पर्यटकको संख्या बढ्ेको छ ।

राजा महेन्द्र अस्वस्थ भएपछि यहि टीकापुर बंगला पार्कमा आरोग्य विश्राम लिए पश्चात् राजा महेन्द्रको स्वास्थ्य लाभ भएको भन्ने जनविश्वास रहेको यस पार्कमा नेपाल भरिका आन्तरिक पर्यटकहरू टीकापुर पार्कमा रहेका विभिन्न प्रजातिका फुल ,बगैँचा, राजा महेन्द्र र विरेन्द विश्राम वाटीका लगायतका सौन्दर्य दृश्य अवलोकन गर्न आउछन भने केहि पर्टकहरू बनभोज गर्न र कर्णाली नदीमा भेटीने डल्फिन पनि हेर्न आउने गरेका छन् ।

लम्किचुहा नगरपालिका बाट घुम्न आएकी मैना शाहि भन्नुहुन्छ , टीकापुर पार्क एक सुन्दर तथा रमणीय ठाउँ हो तर यहाँ आउदा सडक बाटो राम्रो नहुदा आउन जान शास्ती भएको बताउनु हुछ । सबैले टीकापुर पार्क पार्क भन्छन तर जती व्यवस्थापन हुनु पर्ने हो त्यती व्यवस्थापन हुन सकेको छैन फोहर मैला व्यवस्थापनमा पनि ध्यान दिनु पर्ने बताउनु हुछ ।

छिमेकी जिल्लाबाट टीकापुर पार्क अबलोकन गर्न आउनु भएका विष्णु भाट भन्नुहुन्छ ठुला मानीसहरु घुम्नका लागी अति उत्तम ठाउँ छ तर बालबालिकाहरूका लागी पनि खेल्नका लागि बालमैत्री पार्कको व्यवस्था भइदिए अझै राम्रो हुने बताउनु हुछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित