शुभारम्भ अनलाइन टि.भी.

नयाँ बानेश्वरमा चल्यो महानगरको डोजर

4
SHARES
32
VIEWS

काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रमा डोजर चलाएको छ।

शुक्रबार महानगरपालिकाले नयाा बानेश्वर चोकमा सडक वरपर रहेका अनधिकृत संरचनामाथि डोजर चलाएको हो। यसअघि १५ दिन अगाडि यो क्षेत्रमा रहेका संरचना हटाउन महानगरले आग्रह गरेको थियो।

महानगरको निर्णय अटेर गरेको भन्दै आज नयाँ बानेश्वरको सडक किनारमा रहेका संरचनामा डोजर चलाएको हो।

काठमाडौं महानगरले पछिल्लो समय अनधिकृत संरचनामा हटाउने अभियानलाई तिब्र पारेको छ।

आफूहरूले समय दिएर हटाउन निर्देशन दिँदा पनि संचना हटाउन नमानेपछि बाध्य भएर हटाउनु परेको महानगरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित